भदौ तेस्रो साताबाट उडान सुरु गर्ने, हेली एयरले पायो उडान अनुमति

0 56

काठमाडौँ, ४ भदौ । हेलीकप्टर सेवा प्रदायक हेली एयर प्रालीले हेलीकप्टर उडान अनुमति पाएको छ। नागरिक उड्डय प्राधिकरणले हेली एयरलाई आज उडान अनुमति दिएको हो।

पोखरा र वागलुङको विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, साइट अवलोकन उडान गर्ने योजना बनाएको हेली एयरले भदौ तेस्रो साताबाट व्यवसायिक उडान थालनी गर्ने बताएको छ।

दक्षिण एसियामै पहिलोपटक लाइट हेलिकप्टर नेपाली आकाशमा उडान लागिएको र यसले पर्यटकिय गतिविधि बढाउने हेली एयरका अध्यक्ष धर्मराज बर्तौलाले बताए।

जस्तो सुकै मौसम र स्थानमा पनि उडान, अवतरण गराउन मिल्ने जेरोकप्टरबाट उडान गरिने भएकोले यसबाट पर्यटक बढी लाभान्वित हुने उनको विश्वस छ। उद्धार पनि यसको उपयोगिता त्यत्तिकै रहेको बार्र्तौलाका भनाइ छ।

चालक बाहेक एकजनामात्र यात्रु बस्ने मिल्ने हेली एयरको जेरोकप्टर अल्ट्रलाइटजस्तै हो। हेली एयरसँग दुईवटा त्यस्ता जेरोकप्टर छन्।