अधिकारीको शब्दमा रामचन्द्रको स्वर

0 35

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका गिरिजा अधिकारीको शब्द रचना रहेको गीत बजारमा आएको छ । धरोधर्म म तिमीलाई मन पराउँछु’ बोल रहेको उक्त गीतमा चर्चित गायक रमचन्द्र काफ्लेले स्वर दिएका छन् भने संगीत विकास पाण्डेको रहेको छ । विशेषत गीत युवा पुस्तालाई मनपर्ने किसिमको शब्द समेटेर लेखिएको अधिकारीले बताए ।

विभिन्न साहित्यिक कृति सार्वजनिक गर्दै साहित्यकारका रुपमा परिचय थपेका अधिकारीले सांगीतिक क्षेत्रमा पनि आफ्नो सक्रियता बढाउँदै लगेका छन् । लगत्तै उनले लेखेको ‘कम्मर मर्काइ मर्काई’ गीत बजारमा आउन लागेको छ । जसमा बरिष्ठ संगीतकार बसन्त सापकोटाको संगीत र गायक रुपक डोटेलले आवाज दिएका छन् । उक्त गीत बिन्दवासिनी म्युजिक प्रा।लिले बजारमा ल्याउन लागेको हो ।