गण्डकी विकास बैकको मनाङको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन

0 30

काठमाडौं, २ भदौ । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन गरेको छ । वैँकका अध्यक्ष जगन बहादुर गुरुङले शाखा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सिमित नगरी ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने बताए ।

मनाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बधाई तथा शुभकामना मन्तव्य राखे । उक्त कार्यक्रमको स्वागत मन्तव्य बैँकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले गरे ।

शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । साथै भाद्र महिना भित्रै विर्तामोड, विराटनगर, विरगंज, गंगबु, अमुवा र पोखराको चाउथेमा पनि शाखा संचालन गर्ने तयारी भइरहेको छ ।