माओवादी केन्द्रको यूवा भाृत संगठन वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदै

0 17

काठमाडौं, २ भदौ । माओवादी केन्द्रको यूवा भाृत संगठन वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदैछ । सम्मेलनको आज माओवादी केन्द्रका अध्यष प्रचण्डले उद्घाटन गर्नेछन् ।

शनिवारसम्म चल्ने सम्मेलनाबाट नयाँ नेतृत्व पनि चयन हुनेछ । नेतृत्वका लागि रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाई र दीपक देवकोटाको दावी छ । यद्यपी नेतृत्व सहमतिबाट चयन हुने सम्भावना छ । यस अघि १० माअ‍ोवादी घटकवीच भएको एकताको भाव आउने गरी नेतृत्व बनाइने नेताहरुले बताएका छन् ।
हाल नेपबहादुर कँवरको नेतृत्वमा ३९९ सदस्यीय सम्मेलन आयोजक समिति बनाइएको छ ।

वाईसीएलको नयाँ कार्यसमितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, ११ सचिव, एक कोषाअध्यक्षसहित १५१ सदस्यीय केन्द्रीय समिति बन्नेछ ।
शान्ति प्रक्रियामा आएपछि एकाएक चर्चामा आएको वाइसीएल बेला बेला विवादमा पनि तानिएको थियो । अखिल नेपाल युवक संघलाई २०५० मा वाइसीएल बनाउदा त्यसको अध्यष संस्थापक अध्यक्ष टोपबहादुर रायमाझी थिए । शसस्त्र क्रान्ति शुरु गरेपछि वाईसीएललाई माओवादीले जनमुक्ति सेना बनाएका थिए ।