पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै भारततर्फ जाने नहरको बाँध भत्काए

0 31

परासी, १ भदौ, । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । यद्यपि स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले भाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८र१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेको छैन । स्थानीय प्रशासनले रोकेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुपर्‍यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर रोेकेका छौं,’ रानाले अनलाइनखबरसँग भने ।

नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गर्दछ ।