बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

0 28

काठमाडौं,०१ भदै । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज असली चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।