रजनीकान्तको फिल्म २.० ले रिलिज अगावै १८० करोड रुपैयाँ कमायो

0 61

सुपरस्टार रजनीकान्तको फिल्म २.० ले रिलिज अगावै १८० करोड रुपैयाँ कमाई सकेको छ। मेगा बजेटको फिल्मले रिलिज अगावै यति ठुलो रकम फिल्मको स्याटलाईट अधिकार बेचेपछि पाएको हो।

निर्माण पक्षले यसको अधिकार बेच्दा रकम यति धेरै अपेक्षा नगरेपनि सोचेको भन्दा बढी रकम पाएको भारतीय सञ्चार माध्यममा जनाएको छ।

फिल्मको स्याटलाईट अधिकार जी नेटवर्कले किनेको छ।

फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको बितरण अधिकार द ग्लोबल सिनेमाले खरीद गरिसकेको छ ।
फिल्ममा रजनीकान्तलाई बलिउड अभिनेता अक्षय कुमार र हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएका छन्। अक्षयले फिल्ममा भिलेनको भूमिका निभाएका छन्।

रजनीकान्तको रोबोटको सिक्वेल फिल्म २.० लाई एस शंकर के ले निर्देशन गरेका छन्।

मेघा बजेटको फिल्मको गीतमा पैशा पानी बगाएझैं बगाइएको छ। यसैगरि फिल्मको प्रमोशनको लागि निर्माण पक्षले करोडौं रुपैया छुट्टाएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ।

फिल्मको रिलिज तिहारमा गर्ने भनिएपनि केही प्राविधिक कारणबस ६ महिना पछाडी धकेलिएको छ।