तराईको चुरे दोहनले डुबानमा

0 36

काठमाडौं, ३२ साउन।सरकारले वर्षौंदेखि चुरे क्षेत्रमा सयौं संख्यामा क्रसर उद्योगहरूलाई अनुमति दियो। यसले गर्दा चुरे क्षेत्रको दोहन चरम रुपमा पुग्यो। वन क्षेत्र पनि मासिँदै गयो। राजनीतिक दलहरूले त्यही क्षेत्रमा लगेर बस्ती बसाले । चरिचरन त्यत्तिकै बढिरहेको छ। परिणाम, चुरे विनास भयो।

चुरे विनासपछि पानी जमिनले सोस्ने प्राकृतिक प्रक्रिया बिथोलियो । पानीको बेग पनि नियन्त्रण हुन सकेन । माटो, ढुंगा, गिटी, बालुवालगायत सिधैं खोलामा पुगे । पानीको बेग नियन्त्रण गर्ने प्राकृतिक प्रक्रिया ध्वस्त भए ।

धनजनको क्षति बर्सेनि बढनुको एउटा प्रमुख कारण ‘चुरे विनास’ पनि हो भन्छन, विज्ञ । तीन दिनको नियमित र भीषण वर्षापछि आएको बाढीले तराईसमेत २६ जिल्लामा एक सय बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । पूर्व–पश्चिम राजमार्गका कतिपय पुलहरू भत्किएका छन भने कतिपय पुलका पिलर भा“सिएका छन् ।

मनसुनको समयमा वर्षा हुनु स्वाभाविक हो, कहिले कम र कहिले बढी हुन्छ । यो मानव नियन्त्रणबाहिरको प्राकृतिक विषय हो । तर बाढीबाट भएको अत्यधिक क्षतिको कारण यो मात्र होइन । मानवीय गतिविधि पनि धेरै हदसम्म बाढीको क्षति बढाउन जिम्मेवार भएको विज्ञ ठहर छ । यस्ता गतिविधिले गर्दा बर्सेनि मानवीय र भौतिक क्षतिको मात्रा बढिरहेको छ ।

तराईवासीको जीवनको प्रमुख आधार नै चुरे हो । यसैबाट उनीहरूको जीवन चलेको छ । वर्षाको पानी तराईका गा“उघरमा पस्नुको एउटा कारण चुरे विनास पनि हो, चुरे क्षेत्र संरक्षण गुरुयोजना निर्माणका टोलीनेता डा। विनोद भट्टले नागरिस“ग भने, ‘हामीले चुरेको जगै खन्यौं । र, चुरे वर्षास“गै बग्यो । अहिलेको भीषण बाढी चुरे बगेपछिको परिणाम पनि हो ।

उनका अनुसार यस्तो विपत्ति निम्तिनुमा अत्यधिक वर्षा र जलवायु परिवर्तन जस्ता प्राकृतिक कारण हुनसक्छन । तर, मानवीय गतिविधि पनि त्यत्तिकै दोषी छ । चुरे अतिक्रमण, वन विनास र अत्यधिक उत्खननका कारण पानी यसरी बाढी बस्तीमा पसेको छ। भट्टले भने, मानवका यस्ता गतिविधिले प्राकृतिक क्षति झनै बढाइरहेको छ ।

उनले आकाशबाट परेको पानी जमिनले सोस्ने र खोलामा पुगिसकेको पानीको बेग कम गर्ने प्राकृतिक प्रक्रिया मानिसले बिथोलिसकेको बताए । भट्टका अनुसार चुरे निकै खुकुलो माटोले बनेको छ । यसलाई जोगाउन त्यसै पनि चुनौतीपूर्ण छ । त्यसैमा बस्ती बसाल्ने र खेती गरिदिनाले माटो झनै कमजोर हुन्छ। त्यसलाई सामान्य वर्षाले पनि बगाउ“छ । यसरी बगेको गेग्रान खोलामार्फत दक्षिण भेग तराईमा गएर थुप्रिन्छ । नदीको सतह बढ्छ । यो हुनेबित्तिकै वर्षाको पानी खेत हुँदै गाउँबस्तीमा पुग्छ ।

‘चुरेमा अझै पनि नांगा डा“डाहरू छन् । त्यहाँ बोटबिरुवा भएको भए पानीको बेगलाई पनि नियन्त्रण हुन्थ्यो र ढुंगा गिटी र बालुवा बग्ने क्रम पनि रोकिन्थ्यो । यतिमात्र होइन रूखका जराले माटो खुकुलो पारिदिन्छन् र जमिनले पानी पनि धेरै सोस्छ भट्टले भने ।

उनका अनुसार चुरे नांगिएपछि सानो वर्षाले पनि त्यहाँको ढुंगा गिटी र माटो खहरेमार्फत बगाएर दुनभावर क्षेत्रमा पु¥याउ“छ । बगेर आएको गेग्रानले भावरको जमिनलाई थप कडा बनाइदिन्छ । जमिनभित्रका चर र छिद्र पुरिदिन्छ । भावरदुनमा पनि हामीले बस्ती बसालेका छौ । यसले पनि पानी सोस्ने प्रक्रिया बन्द गरेको छ । वर्षाको सबै पानी खोलामा बेगले जान्छ ।

पानीको बेग नियन्त्रण गर्ने र त्यसलाई जमिनभित्र अलमल्याउने प्राकृतिक प्रक्रियाहरू सबै अवरुद्घ भए । यसले गर्दा सबै पानी र गेग्रान बेगमा खोलामा जान्छ । ग्रेग्रान थुप्रिँदै जाँदा राजमार्ग दक्षिणतर्फका नदी तथा खोलाको सतह उकासिन्छ । जसले गर्दा चुरेमा परेको सबै पानी उच्चबेगमा गा“उबस्तीमा पुग्छ भट्टले भने, चुरे दोहनबाट सिर्जित यो एउटा ठूलो समस्या हो ।

भट्ट भन्छन, कारण यति मात्र छैन । पछिल्ला वर्षहरूमा चुरे खोस्रिने पनि त्यत्तिकै सक्रिय भए । ‘पैसा फल्छ भनेपछि चुरेका जग भत्काउन थालियो । जग भत्काइएपछि घर भत्किनु स्वाभाविक भयो । भत्किएको चुरेको सबै वस्तु खोलामा पुग्नु पनि स्वाभाविक हो उनले भने ।

गुरुयोजना निर्माणमा संलग्न डा। प्रेमप्रसाद पौडेलले पनि भट्टका तर्कमा सहमति जनाउँदै थप्छन, ठूलाठूला र कडा ढुंगा राजमार्ग उत्तर चुरेको फेदमा हुने भएकाले क्रसर व्यवसायीले त्यहीबाट उत्खनन गर्न थाले । खहरेमा झरेका सबै ढुंगा उठाउँदा खोलाको उत्तरतर्फको सतह गहिरियो उनले भने, दाया“बाया“को चुरे र त्यसमा भएका बोटबिरुवा पनि बग्न थाले । यसको सबै प्रभाव राजमार्ग दक्षिणमा भएका गाउँबस्तीमा प¥यो । बाढीले उर्वर जमिन विस्तारै मरुभूमीकरण हँदै गयो ।

पौडेलका अनुसार खोलामा भएका ठूलठूला ढुंगा र चट्टानले पनि पानीको बेग घटाउने काम गर्छन् । तर अहिले त्यस्ता चट्टान खोलामा बा“की छैनन् । सबै क्रसर व्यवसायीहरूले उठाएर लगिसके । उनले भनेजस्तै चुरेबाट निस्किएका खहरे र ठूला खोलामा पानीको बहाव अत्यधिक भएपछि पूर्वपश्चिम राजमार्ग दक्षिणका सम्पूर्ण भूभाग डुबानमा परेका हुन् । झापादेखि कञ्चनपुरबीचमा पर्ने सम्पूर्ण सानाठूला खोला र नदीको उत्तरी भागको दोहन अत्यधिक छ ।

पौडेलले जल उत्पन्न प्रकोप नियन्त्रणका लागि भएका काम प्रभावकारी नभएको टिप्पणी पनि गरे । अहिले तराईका नदी र खोलाहरूको बहाव नियन्त्रणका लागि गरिएका काम वैज्ञानिक छैनन् । त्यसैले दिगो समाधान निस्किएको छैन उनले भने । पौडेलले नितान्त वैज्ञानिक र प्राविधिक समस्यालाई राजनीतिक र प्रशासनिक रुपमा हल गर्ने प्रयास भइरहेको बताए । तराई हँदै बग्ने खोलाका दुई छेउमा तटबन्ध लगाएर मात्र समस्या समाधान हुँदैन । नदी सतह किन र कसरी उकासिएको छ भन्ने पहिचान नगर्दासम्म समस्याको दिगो समाधान हुँदैन उनले भने, ‘ती तटबन्ध बर्सेनि भत्किन्छन् ।’

पौडेलले जल उत्पन्न प्रकोप नियन्त्रण विभागले हरेक वर्ष राजनीतिक र प्रशासनिक दबाबमा बनाइरहेका तटबन्धमध्ये ३० प्रतिशत असफल भएको बताए । ‘चुरेको टुप्पोदेखि समाधान खोज्दै फेद र तराईका खोलाहरूमा पुग्नुपर्छ । तर अहिले ठीक उल्टो छ । सबैभन्दा पहिले चुरे बग्ने क्रम रोक्नुपर्छ उनले भने समस्याको जरोमा उपचार नगरेर वर्षौदेखि तलमात्र तटबन्ध लगाइएको छ । यसले दिगो समाधान हुँदैन । तराईवासी वर्षायाममा ढुक्कस“ग सुत्न पाउँदैनन् ।

पौडेलका अनुसार चुरेका बस्ती व्यवस्थापन, खेतीपातीको परम्परागत ढा“चामा परिवर्तन, वृक्षरोपण, जैविक इन्जिनियरिङमार्फत भिरालो क्षेत्रको व्यवस्थापन, गल्छी नियन्त्रण र छेकबार जस्ता कार्यक्रम गर्नुपर्छ ।

उनका अनुसार चुरेबाट निस्किने हरेक खोला र नदीमा वर्षायाममा बग्ने पानीलाई चाहिने लम्बाइ, चौडाइ र गहिराइको अध्ययन गर्नुपर्छ । त्यसअनुसार नदी सतहको व्यवस्थापन गर्नुपर्छ । ‘यति गरेपछिमात्र पानीको बहाव गाउँतिर पस्नबाट रोक्न सकिन्छ उनले भने यसपछि मात्र नदीजन्य वस्तु कुन नदीको कुन ठा“उबाट निकाल्दा पानीलाई प्राकृतिक रुपमा बगाउन सकिन्छ भन्ने निक्र्योल हुन्छ ।’

तराई सकिएर उठेको (दक्षिण–उत्तर) पहिलो तथा महाभारतबाट ओर्लिंदा अन्तिम पहाडलाई चुरे भनिन्छ । यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको हुन्छ । करिब चार करोड वर्षअघि हिमालय उत्पत्ति क्रममा गेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको भूगोलविद्को अध्ययनले देखाएको छ । पूर्व इलामदेखि सुदूरपश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लाका भूभाग समेट्दै नेपालको कुल क्षेत्रफलको १२।८ प्रतिशत चुरेले ओगटेको छ । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ ।

तर सरकारी लापरबाहीले गर्दा चुरे भएर बग्ने नदी र खहरे खोला अत्यधिक दोहनमा परेका छन् । क्रसर उद्योगहरूबाट अत्यधिक उत्खनन हुँदा सप्तरीदेखि कञ्चनपुरबीचमा पर्ने औरही खोला, कमला, चारनाथ, रातु, बकैया, दघौरा, धनसार, बागमती, चादी र लमाहा खोला सबैमा क्रसर व्यवसायीले उत्खनन गरेका छन् । यसैगरी लखनदेवी, खुरी, माहुली, कालीखोला, पूर्वी राप्ती, पश्चिम राप्ती, सामरी, कुखरेनी, मनहरी, लोथर, झरही, अरुण, बिनही र तुरिया खोलामा समेत उत्खनन भइरहेको छ । यतिमात्र नभई बौलाहा, बोकाहा, डन्डा र पत्थर खोलासमेत उत्खननबाट जोगिएका छैनन् । अझ बुटवल बजारको पश्चिमबाट बग्ने तिनाउ खोला अत्यधिक उत्खननले गर्दा करिब ५० फिट गहिरिएको छ । यसले गर्दा राजमार्गको पुल पनि जोखिममा छ। राजमार्गबाट करिब १८ किलोमिटर दक्षिणसम्म यो खोला उत्खनन गरिएको छ । यसैगरी कपिलबस्तुको बाणगंगा खोलाको हालत पनि यस्तै छ ।

हिमालबाट झरेका नदी महाभारत पर्वत र अन्तिममा चुरे हँदै तराईतिर बग्छन् । त्यसैले पनि यो कमलो भूभाग प्राकृतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ । चुरे फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिटी, बालुवा र गेगरले बनेको भावरको समथर भूभाग छ । यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महतोवपूर्ण भूमिका खेल्छ ।

२०६८ सालको जनगणनाअनुसार ५०।७ प्रतिशत जनसंख्या ९१,३३,१६,७०५० रहेको तराई चुरेमै आश्रित छ। चुरेसँग तराईपासीको जीवन गाँसिएको छ । माटो र पानी संरक्षण गरेर चुरेले तराईको उर्वर भूमि जोगाउँछ र खाद्यान्न उत्पादनमा योगदान दिन्छ । तराईको उत्तरमा रहेको चुचुरे आकृतिको यस क्षेत्रले भौगोलिक सुन्दरता पनि थपेको छ । चुरेमा १३ किसिमका पारिस्थितिकीय प्रणाली ९इकोसिस्टम० छन् । यो प्रणाली कृषि अर्थतन्त्रका लागि निकै महŒवपूर्ण मानिएको छ । एक हजार ५ सय ७० भन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति र अन्यत्र नपाइने वन्यजन्तु यहीं पाइन्छन् ।

विनासको परिणाम

चुरे क्षेत्रमा क्षमताभन्दा बढी मानिसको बसोबास छ । पछिल्लो गणनाअनुसार यस क्षेत्रमा १५ लाखभन्दा बढी मानिस बस्छन् । ७२ प्रतिशतस“ग आफ्नो जग्गाजमिन छैन । राजनीतिक अस्थिरता, गरिबी र पहाडबाट चुरेमा अनियन्त्रित बसाइसराइँ र खण्डीकृत बासस्थानले चुरेमा वन अत्तिक्रमण र विनास व्यापक छ । प्रत्येक वर्ष १.७ प्रतिशतका दरले चुरेको वन विनास भइरहेको छ । यो अवस्था कायम ररिहरे चुरे वन तथा पर्यावरणमा थप प्रतिकूल असर पर्ने पक्का छ । यसले तराईको उर्वर कृषिभूमि मरुभूमिमा परिणत हुनछ । चुरे विनासकै कारण बाढी, नदीको धार परिवर्तन, नदी कटान, नदी सतह उकासिनुु, कृषिभूमिमा ह्रास, उत्पादन घट्नु जमिनमुनिको पानी सतह घट्दै जानु, पानीका मुहान सुक्नेजस्ता समस्या तराईमा देखिएका छन् ।

चुरेको अवस्थाबारे पछिल्लो अध्ययन नभए पनि पुरानो तुलनात्मक अध्ययनले वन, तराईमा कृषि उत्पादन, चरिचरन र झाडी क्षेत्रमा आएको परिवर्तन यो तालिकाले देखाउँछ ।

चुरे संरक्षण कार्यक्रम सुरु हुनुअघिको अध्ययन टोलीमा संलग्न तथा कार्यक्रममा लामो समय अनुभव बटुलेका चुरेविज्ञ तथा वैज्ञानिक डा। प्रेमप्रसाद पौडेलले उपलब्ध गराएको सन् २००१ को यो तथ्यांकअनुसार प्रतिकिलोमिटर प्रतिवर्ष ७ सय ८० देखि २० हजार मेट्रिक टन माटो चुरेबाट बगिरहेको छ । यसले तराईको उर्वर जमिनलाई मरुभूमीकरण गराइरहेको छ । काठ चोरीनिकासी र फँडानी, अतिक्रमण र उच्च दोहनले पनि चुरेको वन क्षेत्र घटिरहेको उनले बताए । उनका अनुसार कृषि भूमि बढेको देखिए पनि उर्वराशक्ति घट्दै गएको छ । वन क्षेत्र झाडीमा परिवर्तन भएको छ भने अत्यधिक वन विनासले चरिचरन क्षेत्र बढिरहेको छ । यसले चुरेको आयु घट्दै गएको छ ।

३० फिट गहिरो खन्दा आउने पानी अहिले सय फिट खन्दा पनि आउँदैन, पौडेलले भने, कुवा र इनार सबै सुकेका छन् । उनका अनुसार चुरेबाट माटोढुंगा बग्ने क्रम बढेकाले तराईका नदीको सतह उठेको छ । तराईको उर्वर जमिनमा सिँचाइ गर्न नसकिने अवस्था आएको छ । चुरेबाट बगेका नदीखोलाको पानी हेर्न नेपाल–भारत सीमासम्म पुग्नुपर्ने अवस्था छ । नेपालको भूभागमा चुरेको बलौटे माटोले पुरिँदै गएपछि पानी निकै तलबाट भारततिर बग्दै गएको उनी बताउँछन् । साभार नागरीक