बाढीग्रस्त क्षेत्रमा उचित राहत पु¥याउन जनसमाजवादी पार्टीको आग्रह

0 59

काठमाडौँ, ३१ साउन। जनसमाजवादी पार्टी नेपालले अविरल वर्षाका कारण आएको बाढी पहिरोले धन जनको ठूलो क्षति भएको प्रति दुख व्यक्त गर्दै सरकार उद्दार तथा राहत वितरणमा शुस्त देखिएको प्रति ध्यानाकर्षण गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको उद्दार तथा राहतका कार्य अपुग रहेकोले अविलम्ब यसतर्फ ध्यान पु¥याउन आग्रह गरेको छ । साथै बाढीग्रस्त क्षेत्रमा सरुवा रोगको महामारी फैलन सक्ने खतरा बढेकोले त्यसतर्फ सचेत रहन र उचित कदम चाल्न पनि विज्ञप्ति मार्फत् अनुरोध गरिएको छ । नेपाली भूमी बाढीका कारण डुवानमा पर्दासमेत भारतीय पक्षले बाँधका ढोकाहरु नखोलेको प्रति आपत्ति प्रकट गर्दै उक्त कार्यको निन्दा गरेको छ । पार्टीले अविलम्ब बाँधका ढोका खेलेर निकास दिन सरकारले पहल गर्नुपर्ने तथा भारतीय पक्षले कोशी लगायतका अन्य नदीहरुमा बाँधीएको बाँध नियतवस नखेलेर नेपाली भूमि डुवानमा पारेकोले भारतीय पक्षबाट उचित क्षतिपूर्ति भराउन पर्ने समेत उल्लेख गरेको छ ।