पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

0 36

काठमाडौं, साउन ३१—पोखरास्थित फेवाताल किनारको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन ।

दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति हत्या गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । आपसी मनमुटावका कारण सहकर्मीको हत्या गरिएको हुन सक्ने जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षा हुँदै आएको छ ।