नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको दिने

0 62

साउन, ३० काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ ।

सत्ता साझेदार माओवादीको संसदीय बोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।

बैठकले संविधान संशोधन विधेयक संसदबाट पास गराउन पहल गर्ने निर्णय पनि गरेको सांसद रामनारायण बिडारीले जानकारी दिए ।