प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको अवलोकन , राहत जारी

0 39

काठमाडौं ,३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको सोमबार अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु काठमाडौंबाट बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।

उनीहरुले पूर्वका रौतहट, सुनसरी, विराटनगरलगायत जिल्लाको अवलोकन गर्ने कार्यक्रम छ । पूर्वपछि पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सुनसरीका बाढी पीडितलार्इ सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ ।

 

प्रधानमन्त्री देउवाले अवलोकन गरेर फर्किएपछि बाढी पीडितको पुनर्वासको लागि अल्पकाली र दिर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ । अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र न्यूनतम आवश्यकताका सामग्री राहतस्वरुप वितरण गर्ने काम जारी छ ।

बाढी र पहिरोले २६ जिल्ला प्रभावित भएका छन् । ति जिल्लामा मृत्यु हुनेको संख्या झण्डै ७० पुगेको छ ।