राष्ट्रवादी पार्टीले गर्योऔपचारिक उद्घाटन

0 23


काठमाडौं ,२९ साउन । गत श्रावण २८ गते शनिवार थापागाउँ स्थित संवाद क्लवमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रवादी पार्टिले औपचारीक रुपमा पार्टिको उद्घाटन गर्नुका साथै पार्टि प्रवेश गरेका हरुलाई स्वागत गरेको छ ।

पार्टिका अध्यक्ष सहजाद मिया मिकरानी को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टि पधाधिकारीहरु, सल्लाहाकार, पत्रकार लगाएत सुभेच्छुकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमका माझमा पार्टि तर्फबाट अध्यक्ष मिकरानी, सचिव राजु भटराई, लगायतले मन्तव्य धारणा राख्दै राष्ट्रवादी पार्टि देश र सम्पूर्ण देशवासी हरुको हक, हित उन्नती, प्रगति र सुरक्षाको लागी द्रिण संकल्पीत रहेको धारणा व्यक्त गरेका थिए ।