उद्घाटन नहुँदै भाँच्चियो, विष्णुमती नदीमा बनाइएको नयाँ पुल

0 230

काठमाडौं, साउन २७ । काठमाडौंको मध्यभागबाट बग्ने विष्णुमती नदीमा बनाइएको नयाँ पुल उद्घाटन नहुँदै भाँच्चिएको छ । नयाँ पुलमा स्ल्याब राख्ने काम भइरहँदा पुल भाँच्चिएपछि तीन कामदार घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने हालसालै बनाएर तयार भएको नयाँ पुल भाँच्चिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

भर्खर बनाएर सकिन लागेको र उद्घाटननै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायका कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरेका छन् ।

You might also like More from author