एक जनाको मृत्यु प्रहरी‘इन्काउन्टर’मा

0 151


ललितपुर,साउन २३ – ललितपुर कुसुन्तीमा सोमबार दिउँसो गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर प्रवीण खत्रीको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेकासँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली पक्राउ गर्न जाँदा प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनि मारिएका हुन् । आफैले आफैलाई कञ्चटमा गोली हानेको वा प्रहरीको गोली लागेर वस्ती गम्भीर घाइते भएको यकिन हुन सकेको छैन ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।

‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हाने,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो।’