आज राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहणले स्पर्श गर्ने

0 209

काठमाडौं, साउन २३ । आज राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ ।

चन्द्रग्रहण लाग्ने भएकाले दिउँसो २ बजेर ७ मिनेट देखि नै खानपिन गर्न नहुने शास्त्रीय विज्ञानले बताएको छ । चन्द्रग्रहणलाई नाँगो आँखाले हेर्न सकिने भए पनि टेलिस्कोप, बाइनाकुलर, र क्यामेराले हेर्नु उचित हुने खगोलबिद्हरुले बताएका छन् । चन्द्रग्रहण लागेको बेलामा ब्याक्टेरियाको प्रभाव पर्ने भएकाले चन्द्रग्रहणको समयअवधिभर खानपिन नगर्न खगोलबिदहरुले सुझाव दिएका छन् ।

साउन शुक्ल पूर्णिमा र प्रतिपदाको दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने गरेको बताइन्छ । ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपुजन, जप र मोक्षपछी स्नान गरेमा अक्षय पूण्य प्राप्त हुने शास्त्रिय मान्यता रही आएको छ ।