सजिना खनाल टिन प्रिन्सेस बन्न सफल

0 593

काठमाडौं–टिन प्रिन्सेस प्रतिस्पर्धा सर्लाहीकी सजिना खनालले जितेकी छन् । उनले एक दर्जनभन्दा बढी प्रतियोगिलाई उछिनेर शनिबार राति टिन प्रिन्सेस नेपाल ०१७ को ताज जितेकी हुन् ।

समाजसेवामा सक्रिय सरोज खनाल र माता जिन्तु नकर्मीकी छोरी सजिनाले ताज पहिरिएपछि आफू बाबुआमाकै पथमा हिँड्ने बताइन् । प्रतिस्पर्धीलाई उछिनेर ताज पहिरिँदा आफूलाई असाध्यै खुशी महसुस भएको उनले बताइन् ।

सजिनाले उपाधिसँगै म्युजिक भिडियो र विज्ञापनहरुमा खेल्ने अबसर पाउने छिन् । उनलाई आयोजकले विभिन्न पुरस्कारका साथै उपहार प्रदान गरेका थिए । अन्तिम प्रतिस्पर्धामा समिता शाही, निरुता रोका, प्रशंसा ताम्राकार, रुविशा श्रेष्ठ, मनिषा थापा मगर, सजिना खनाल, दीपा लिईटेल , पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा अधिकारी र सुष्मा छानिएका थिए । फाइनलमा सहभागिहरुले नृत्य, गायन, बतृत्वकला, अभिनय, कविता बाचनलगायतका कला प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धीमा सँगीतकार जुगल डंगोल, पत्रकार डब्बु क्षत्री, गायिका सारिका घिमिरे र नृत्य निर्देशक दिपक बज्राचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ‘टिन प्रिन्सेसका सहभागीलाई व्यक्तित्व विकासमा सघाउने खालको प्रशिक्षण दिईएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी दिइन् ।