करीब एक दर्जन वाणिज्य बैंकको कुल नाफा अर्बमाथि, १५ अर्ब बढि लाभांश!

0 120

 

काठमाडौं,२३ साउन। हाल सम्म गत आव २०७३र७४ को वित्तीय विवरण प्रकाशित गरेका १२ वाणिज्य बैंक सबैको नाफा अर्ब माथी भएको छ ।

सोमवार वित्तीय विवरण प्रकाशित गरेको लक्ष्मी बैंकको नाफा पनि १ अर्ब भेटेसँगै हालसम्म सबै १२ बैंकको नाफा अर्ब माथी देखिएको हो ।

गत आवको तेस्रो त्रैमाशमा नै राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले अर्ब माथीको नाफा देखाएकाले अर्ब नाफा गर्ने बैंकहरुको सूची थप बढ्ने पक्का भएको छ । यसो भएमा सञ्चालनमा रहेका कुल २८ वाणिज्य बैंक मध्ये १६ वटाको नाफा अर्ब माथी पुग्ने निश्चित देखिएको छ ।

नाफा रकमको आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल र ग्लोबल आइएमइ बैंक रहेको छ । यी बैंकले क्रमश स् ३ अर्ब ६२ करोड रुपैयाँ र २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

धेरै नाफा देखाउन राइट ब्याकको आधार लिने बैंकहरु

धेरै नाफा गरेको देखाउन केही बैंकहरुले प्रशस्त राइट ब्याकको आधार पनि लिएका छन् ।

१ अर्ब ७६ करोड नाफा गरेको प्रभु बैंकले यसअघि जोखिम वापत राखेको १ अर्ब ७२ करोड रुपैयाँ नै राइट ब्याक गरेको छ । त्यस्तै, १ अर्ब २१ करोड नाफा गरेको सिटिजन्स बैंकले पनि ९० करोड १३ लाख राइट ब्याक गरेको छ ।

यता, ग्लोबल आइएमइ बैंकले भने नाफा उच्च देखाउन यसपटक प्रावधान नै कम राखेको छ । बैंकले ३० करोडले प्रावधान कम गरेको छ भने ३२ करोड राइट ब्याक गरेको छ । एनआइसी एशियाले ४२ करोड ७९ लाख फिर्ता ल्याएको छ ।

अन्य केही बैंकहरुले पनि ५० करोड रुपैयाँसम्म राइट ब्याक गरेका छन् । कतिपयको नाफाको आधार भने व्यवसाय नै रहेको देखिएको छ ।
१५ अर्ब बढि लाभांश १

वित्तयि विवरण प्रकाशित गरेका १२ बैंकले मात्रै लगभग १५ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्न सक्ने देखिएको छ । सबैभन्दा धेरै लाभांश नबिल बैंकले दिन सक्ने देखिएको छ । हालको चुक्ता पुँजी र नाफाको आधारमा यो बैंकले करिब ४५ प्रतिशत लाभांश दिनसक्ने सम्भावना रहेको छ ।

यसपटकको नाफा पछि सबैभन्दा कम लाभांश क्षमता लक्ष्मी बैंकको देखिएको छ । बैंकले करिब १० प्रतिशत हाराहारीमा लाभांश वितरण गर्न सक्ने देखिएको छ । बैंकहरुको सञ्चितीमा बाड्न योग्य थप रकम भएमा भने यो लाभांश दर थप बढ्न सक्छ ।

बैंकहरुले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याएर मात्र लाभांश वितरण गर्न पाउछन् ।

चुक्ता पुँजी पुग्न १७ अर्ब कम

यी १२ बैंकलाई आधार लिने हो भने बैंकहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब ९कुल ९६ अर्ब रुपैयाँ० पुग्न बैंकहरुले थप १७ अर्ब पुर्याउनु पर्ने हुन्छ ।

बैंकहरुले १५ अर्ब लाभांश दिन सक्ने देखिएकोले करीब २ अर्ब रकम अपुग हुन सक्ने देखिन्छ ।
तर, कम्पनीहरुले समानुपातिक रुपमा पुँजी थपेर १७ अर्ब जुटाउनु पर्ने अवस्था भने होइन । कम्पनीगत आधारमा हेर्दा भने ग्लोबल आइएमइ बैंकको पुँजी ८ अर्ब पुगिसकेको छ । एनएमबी बैंक र प्रभु बैंकले भने क्रमशः ३ अर्ब र २ अर्बले चुक्ता पुँजी पुर्याउन पर्ने हुन्छ ।

सिद्धार्थ बैंकले हकप्रद वापतको कल इन एड्भान्स रकम बराबर १ अर्ब ३७ करोड समेत राखेपछि ६ अर्ब ६२ करोड पुगेको छ ।

धेरैको सेयरमा प्रतिफल घट्यो

सानिमाको सेयरमा प्रतिफल ९आरओइ० आधाले घटेर १४।३५, सनराइजको १२।५३, सिटिजन्सको १६।४०, प्राइम १९।९६, माछापुच्र्छे १४।२७ र सिद्धार्थ बैंक १५।८० मा सिमित भएको छ । विजयराज खनाल अनलाईन खवर