चम्किलो अनुहार बनाउने १० घरेलु बिधी

0 154

अनुहार राम्रो र चम्काउन सौन्दर्य सामाग्री मा मानिसहरु हजारौं रुपया खर्च गर्छन् ।आफ्नो अनुहारको लागी व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले अनुहार कुरुप बनाएका धेरै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले छाला रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।

१० दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

२० डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

३० एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । ९यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

४० अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

५० निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

६० पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

७० काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

८० काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

९० अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

१०० सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।