भरतपुर वडा नम्बर १९अत्यन्तै कडा सुरक्षा घेराभित्र मतदान सुरु भएको निर्वाचन आयोगले जनायो

0 161

चितवन,  २० साउन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । अत्यन्तै कडा सुरक्षा घेराभित्र मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म मतदानको समय तय गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि भरतपुर–१९ को २८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्डहलको परिसरमा जलाएर नष्ट गरेको थियो ।

वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहेका छन् । जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरीमा मतदानस्थल तय गरिएको छ ।
जीवनज्योति राप्रावि केन्द्रमा १३ सय मतदाता छन् भने शारदानगरमा १२४१ र किरणगञ्जमा १२४३ मतदाता छन् ।यसअघि वडा नम्बर १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नम्बर १९ मा ३ हजार ७९७ मतदाता छन् । वडा नम्बर १९ को गणना अघिसम्म देवी ज्ञवालीले रेणु दाहालले भन्दा ७८४ बढी मत ल्याउनुभएको थियो । २० नम्बर वडाको मत गणना गर्न बाँकी नै छ ।
२७ वटा वडाको अन्तिम परिणाम अनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याउनुभएको छ । माओवादी कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत आएको छ ।
ज्ञवालीको वडाध्यक्षहरुको कुल मत भन्दा ४८ सय ६६ मत बढी छ । वडा नम्बर १९ को १८ सय मत गणना गर्दासम्म एमाले वडाध्यक्षहरुले पाएको मतभन्दा ४ हजार ८ सय ६६ मत ज्ञवालीले बढी ल्याउनुभएको थियो ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३६ हजार २० मत, एमालेका वडाध्यक्षहरुको कुल मत ३६ हजार ७७५ र माओवादीका वडाध्यक्षहरुको मत १९ हजार ९९४ छ । भरतपुर वडा नम्बर २० मा ३ हजार ३०२ छ खसेको छ भने वडा नम्बर १९ मा ३ हजार ७९७ मतदाता छन् ।