भ्रष्टाचार विरुद्ध २५ प्लसले जनसभा गर्दै

0 484

news_eroyal3
काठमाडौं । भ्रष्टाचार विरुद्ध विभिन्न दबाबमुलक कार्यक्रम संचालन गर्दै आएको २५ प्लस समुहले आउँदो सोमबार काठमाडौंको रत्नपार्कमा बृहत जनसभा गर्ने भएको छ । हालै सम्पन्न २५ प्लस समुहको बठैकले भ्रष्टाचार विरुद्ध जनसभाको आयोजन गर्ने निर्णय गरेको हो । दिन प्रतिदिन भ्रष्टाचार र भ्रष्टाचारी प्रवृत्ति बढ्दै गएको र सरकार तथा राजनीतिक दलहरु समेत भ्रष्टाचारमा लिप्त हुँदा भष्टाचार कुसस्कारको रुपमा स्थापित हुँदै गएको प्रति समुहले गहिरो चिन्ता र चासो दिंदै समुहले भ्रष्टाचार विरुद्धको अभियानलाई व्यापक र राष्ट्रव्यापी बनाउनु पर्ने आवश्यकता समेत औंल्याएको छ ।