किन बढ्यो पेन्सनको टेन्सन, किन बढ्यो

0 15

काठमाडौं, १९ साउन । सामान्यतया २० वर्ष सरकारी जागिर गर्ने कर्मचारीले कुल तलबको ४० प्रतिशत र ३० वर्ष जागिर खाएकाले ६० प्रतिशतसम्म रकम पेन्सन पाउँछन् । त्यस्तै, ३८ वर्षभन्दा बढी जागिर खाएकाले ७६ प्रतिशतसम्म पेन्सन पाउँछन् ।

खाइपाइ आएको तलबलाई नोकरी अवधिले गुणना गरेर ५० ले भाग गर्दा आउने रकम नै पेन्सन रकम हो ।

आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रसेवक कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि भएकाले पेन्सनको भार पनि अत्यधिक बढेको हो । २६ अर्बमा रहेको पेन्सनको भार तलब वृद्धिपछि एकैचोटि ३७ अर्ब पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Nepali-Money