नेपाली आइटीएफ टोली कोरिया प्रस्थान

0 72

काठमाडौं । दक्षिण कोरियाको इन्छन् शहरमा अगस्ट ३ देखि ५ तारिकसम्म आयोजना हुन लागेको आएटीएफ एसीयन च्याम्पीयनसिप तथा कोरियन ओपन तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट तेक्वान्दो टोली त्यसतर्फ प्रस्तान गरेको छ । उक्त प्रतियोगितामा आइटीएफ नेपालका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रि ए लेभल रेफ्रि लक्ष्मण बस्नेतले अम्पायरको भूमिका निभाउँदै छन् भने ७० केजी जुनियर ब्ल्याकबेल्ट एस्पाइरिङ तर्फ सम्मन बस्नेतले प्रतिष्पर्धा गर्दैछन् । यसैगरी ५८ केजी तौल समुहमा गयाजी खड्काले प्रतिष्पर्धा गर्दैछन् । नेपली टोलीलाई परराष्ट्र मन्त्रालयमा एक कार्यक्रममाझ उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले विदाई गर्नुभयो ।

20561691_2063567400335721_1110078899_n