एकाबिहानै मन्त्री कोर्ट पाईन्टमा, रंगशाला छिरेपछि

0 35

Sport

काठमाडौं, १७ साउन । मंगलबार बिहान दशरथ रंगशालामा अलिक फरक दृष्य देखियो । दौड र कसरतका लागि हाफ पाईन्छ र टिसर्टमा मात्र पुगेका युवा–युवतीहरु हेरिरहे । भर्खरैमात्र नियुक्त भएका युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी ९राजन० कोर्ट पाइन्ट लगाएर त्यहाँ पुगेका थिए ।

उनी खेल खेल्न वा करसत गर्न बिहानै त्यहाँ पुगेका हैनन् । रंगशाला निरीक्षण र खेलाडी तथा प्रशिक्षकहरुका समस्या बुझ्न मन्त्री केसी रंगशाला पुगेका हुन् । रंगशालामा करिब दुई घण्टा बिताएका मन्त्री केसीले खेलाडी तथा प्रशिक्षकहरुसँग कुराकानी गरेका थिए ।