सर्वहारा आन्दोलन र पुँजीवाद– निराजन कुवँर

0 129

download (3)

– निराजन कुवँर
विश्व सर्वहारा वर्गको बैचारिक नेतृत्वको मुख्य कृतिको रुपमा कार्ल माक्र्सद्धारा लिखित कम्यूनिष्ट घोषणापत्र प्रकाशित भएको दुई सय वर्ष नाघिसकेको छ । कार्ल माक्र्सको लामो अध्ययन र अनुभवबाट प्राप्त ज्ञानको बैज्ञानिक वैचारिक अस्त्रको रुपमा आजसम्म विश्वका सम्पूर्ण मुलुकका वामपन्थी कम्युनिष्टहरुले वा विश्व सर्वहारा वर्गले यसलाई अनुसरण गर्दै आएका छन् । यहि कृति बोकेर अहिलेसम्म विश्वमा लगभग करोड मान्छेले बलिदानी गरिसके होलान् भने अरब मान्छेहरु अहिले पनि यहि विचारको वैचारिक लेपनमा छन् । समाज विज्ञानको विकासक्रम र त्यसमा सर्वहारा अधिनायकत्वको महान् कार्य सम्पन्न कसरी गर्ने भन्ने विषयमा माक्र्सले दिनु भएको मोडालिटी र पूँजीवादले सर्वहारा मजदुर वर्गको शोषण गर्ने तौर तरिका र श्रमिकलाई दिलाउन सकिने न्यायका आधारहरुका विषयमा कार्ल माक्र्सको कलम रकेटको गतिमा दौडिएको पाइन्छ । जो विश्व सर्वहारा श्रमिक वर्गको लागि अत्यन्तै गौरवको कुरा हो । माक्र्स भन्नु हुन्छ आजसम्मको मानव जातिको इतिहास वर्ग संघर्षबाट अगाडी बढेको छ । हिजोसम्म सामन्तीहरुले खेतलाहरुलाई शोषण गरेका थिए । अहिले बुर्जुवाहरुले मजदुरहरुलाई शोषण गरेका छन् । भूमिको रुपमा शोषण आज पनि विद्यमान छ । मानिस आजसम्म पनि श्रमिकको रुपमा न्यायोचित ढंगले पुरस्कृत र सम्मानित छैन । त्यसैले आफ्नो वर्गिय अस्थित्व रक्षाको निमित्त सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवाद विरुद्ध सर्वहारा वर्गले आन्दोलनको जेहाद छेड्नै पर्छ ।

माक्र्सवादले समाजमा वर्गहरुको अस्थित्व कायम रहेसम्म वर्गीय अन्र्तविरोध हुने जसले अनिवार्य रुपमा वर्ग संघर्षको रुप लिने कुराको वकालत गर्दछ । कम्युनिष्ट आन्दोलनको मुख्य उद्देश्य नै सर्वहारा वर्गको नेतृत्वमा विश्वमा रहेका सम्पूर्ण विभेदहरुको अन्त्य गर्नु र वर्ग विहिन समाजको निर्माण गर्नु हो । जो साम्यवादको आदर्शसंग गाँसिएको छ । सन् १९१७ को अक्टोवर क्रान्तिबाट रुसमा लेनिनको नेतृत्वमा समाजवादी व्यवस्थाको प्राप्ति पश्चात् विश्व श्रमजीवि सर्वहारा वर्गमा थोरै आशाका किरणहरु पलायो । जसको प्रेरणाबाट अन्य मुलुकमा पनि सर्वहारा वर्ग तथा मजदुर किसान वर्गहरु संगठित भई वर्ग अस्थित्वको निमित्त अचुक माक्र्सवादी विज्ञानको वैचारिक हतियार प्रयोग गर्न थाले । सामन्तवाद तथा पूँजीवादलाई घेराबन्दी गर्दै जाने क्रममा माओत्सेतुङ्गको नेतृत्वमा चिनियाँ भूमिमा सन् १९४९ मा सम्पन्न नौलो जनवादी क्रान्ति विश्व सर्वहारा आन्दोलनको अर्काे सफल युगान्तकारी घटना थियो । चाहे ७१ दिन टिकेको पेरिस कम्यून होस चाहे होचि मिन्हको नेतृत्वमा सम्पन्न भियतनामी क्रान्ति होस वा क्यूवाली क्रान्ति र फिडेल क्यास्ट्रोसँग जोडिएको सर्वहारा समाजवाद होस सर्वहारा श्रमजीवि वर्गले सामन्तवाद तथा पूँजीवाद विरुद्ध विश्वमा दिग्विजयको इतिहास रच्दै गए । अझ माओले त पुँजीवादी क्याम्पमा बमवाड गर्न सर्वहारा वर्गलाई निर्देशन नै दिनु भएको छ । यसरी विश्व पुँजीवाद विरुद्धको आन्दोलनमा समाहित हुँदै सर्वहारा वर्गले आफ्नो वर्गीय श्रेष्ठता कायम गरे । जसले सामन्तवाद तथा विश्व पुँजीवादको निद हरण मात्र गराएन सर्वहारा श्रमजीवि वर्गको न्याय र अपनत्व दिलाउने आधार पनि तयार पा¥यो । यसरी तिख्खर विचारधारात्मक संघर्षले मात्र होइन उर्जाशिल बलिदान र आफ्नो वर्ग प्रतिको निष्ठाले सर्वहारा आन्दोलन विश्वका अन्य आन्दोलनहरु भन्दा पृथक र उदाहरणीय रहयो । सर्वहारा नेतृत्व र सर्वहारा जनता बिचको पारदर्शी द्धन्द्धात्मक सम्बन्धले पनि यो वर्गको वर्गीय अभिष्ट परिपुर्तिमा निर्णायक भूमिका खेलेको पाइन्छ । भने, राज्य व्यवस्था संचालनमा पनि यो वर्ग अभ्यास्त बन्दै थियो । तर भू–मण्डलीकृत विश्व, टेक्नोलोजीको चरम विकास, पुँजीवादले देखाएको संकिर्ण उदारवादी चरित्र तथा कम्यूनिष्ट नेतृत्वमा देखा परेको सैद्धान्तिक विचलनका कारण आज सर्वहारा वर्गको आन्दोलनमा स्खलन पैदा भएको छ । आजसम्म प्राप्त गरेका सर्वहारा व्यवस्थाहरु गुमेका छन् भने यो वर्गले संचालन गरिरहेका आन्दोलन र उपलब्धीहरु पनि धरापमा छन् । जो अत्यन्तै पिडादायी विषय हो ।

आजको पुँजीवादले लेनिनले कल्पना गरे भन्दा भिन्न, पृथक र लामो समयसम्म विश्वलाई आफ्नो नियन्त्रणमा लिएको छ । माक्र्सले भने जस्तै उत्पादन क्षेत्रमा मानव श्रमको विस्थापन पनि भएको छ । पुँजीवादले मानव समाजको प्रमुख उत्पादक शक्ति मानव श्रम नभई विज्ञान र प्रविधिलाई बनाएको छ, भने उत्पादित साधनका स्वामीत्ववाट वञ्चित हुने व्यक्ति, परिवार र समुदायको संख्या उत्कर्षमा पुगेको छ । यसले के देखाउछ भने पुँजीवाद अहिले निकै शक्तिशाली छ । जसको नङग्रा विश्वका जुनसुकै मूलुकमा पनि गडेका छन् । विश्वका कुनै पनि मुलूक यती बेला पुँजीवादबाट मुक्त रहन सकेका छैनन् वा सर्वहारा समाजवादको दिशालाई अनुमोदन गर्न असमर्थ छन् । कार्ल माक्र्स भन्नु हुन्छ एउटा सामाजिक व्यवस्था त्यतीबेलासम्म विघटित हुदैन जुन बेलासम्म त्यस व्यवस्थाका उत्पादन शक्तिहरु विकसित हुन सक्ने थोरै पनि जमिन बाँकी रहन्छ । यसबाट के कुरा अनुमान लगाउन सकिन्छ भने पुँजीवादीले अझै केहि समय विश्वलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ वा पुँजीवाद तत्काल विघटन हुन सक्ने अवस्था छैन । किनकी अमेरीका, यूरोप मात्र होइन यतिबेला एसिया पनि पुँजीवादी सोच, चिन्तन र व्यवस्थाको उत्कर्षमा पुगेको छ । उसका लागि यि भू–भागहरुमा अडिन सक्ने र विकसित हुन सक्ने प्रशस्त जमिन र आधारहरु छन् ।

शोभियत संघको विघटन र माओत्सेतुङ्गको निधन पछि सर्वहारा समाजवादी व्यवस्थामा धमिरा लाग्न पुगेको छ । बिशेषत सन् १९५६ मा निकिता खु्रश्चेवको नेतृत्वमा भएको प्रतिक्रान्ति वा समाजवादको विघटनसँगै विश्व सर्वहारा वर्गको व्यवस्था र माक्र्सवादी दर्शन वा विज्ञान माथि प्रश्न चिन्ह खडा भएको छ । आज विश्वको कुनै पनि मुलूकमा सर्वहारा वर्गको आफ्नै शासन व्यवस्था छैन । विश्व पुँजीवाद जसरी पनि श्रमजीवि वर्गको व्यवस्था माथि हमला गर्ने र सफायाको नीति अवलम्वन गरी विश्वमा आफ्नो एकाधिकार लाद्न चाहन्थ्यो र अहिले पनि चाहन्छ । एकहत्तर दिनमा पेरिस कम्यून विघटन हुनु, शोभियत संघ जस्तो शक्तिशाली सर्वहारा वर्गको लाल किल्ला भत्काइनु, निकारागुवा जस्तो देशमा कोन्ट्रा विद्रोही खडा गरी प्रतिक्रान्तिद्धारा पुँजीवादलाई पदस्थापन गराउनु अनि विजयको सन्निकट पुगेको पेरुभियाली कम्यूनिष्ट पार्टी (साइनिङपाथ) का मुख्य नेतृत्व गोञ्जालोलाई गिरफ्तार गरी सामन्तवादी व्यवस्था र पुँजीवादी अर्थराजनीतिलाई निरन्तरता दिनु जस्ता कुराले पँुजीवाद कति निकृष्ट र आक्रमक शैलीमा सर्वहारा आन्दोलन माथी बमबाड गर्दैछ भन्ने कुराको अन्दाज लगाउन गाह्रो छैन । यता माक्र्सवादी–लेनिनवादी विचारधारात्मक जगसँग नाभी जोडिएका र त्यही जगमा हुर्किएका सत्ता र कम्यूनिष्ट पार्टीहरु पनि विचलित भई संशोधनवादमा पतन भए र आफ्नो वर्गलाई धोका दिई पँुजीवादको सेवा गर्न पुगेका छन् । रुस, चीन जस्ता देशहरु यसका ज्वलन्त उदाहरणहरु हुन । जसले सर्वहारा वर्गिय आन्दोलनमा अतुलनिय क्षति पु¥याएको छ । त्यसैले पँुजीवादको विश्व एकाधिकारलाई तोड्न विश्वका सर्वहारा श्रमजीवि वर्गहरु एकजुट भई सर्वहारा समाजवादी व्यवस्था प्राप्तिको महान् रणसंग्राममा लामबद्ध हुनुको विकल्प देखिन्न ।

सर्वहारा समाजवादी व्यवस्था साम्यवादी लक्ष्य प्राप्तिको बाटोलाई सुदृढ र सबल बनाउने संक्रमणकालिन व्यवस्था हो । जो पँुजीवादको पतनबाट मात्र सम्भव छ । अहिले विकसित र बलियो देखिएको पुँजीवाद केहि समयका लागि छाडावाद अन्र्तगत फस्टाएको मात्र हो, जसको विघटन अनिवार्य छ । जन्म पछी मृत्यु अनिवार्य शर्त हो । कुनै जमनाको औपनिवेशिक कालमा जन्मिएको पँुजीवाद मृत्युको सन्नीकट छ । त्यसैले त लेनिन भन्नु हुन्छ पँुजीवादको मरणासन्न रुप साम्राज्यवाद हो । लेनिन कै कुरालाई विश्लेषण गर्ने हो भने पनि अहिलेको यूग साम्राज्यवादी यूग हो र यो पँुजीवादको अन्तिम घडी मात्र होइन सर्वहारा समाजवाद र साम्यवादको श्रमजीवि वर्गीय उद्देश्य परिपुर्तिको नौलो बिहानी पनि हो । त्यसैले ढिलो चाडो पँुजीवादको अवसान भई सर्वहारा वर्गले आफ्नो व्यवस्था प्राप्त गर्ने कुरामा दुईमत छैन । मर्ने बेलामा कमिलाको प्वाख आए जस्तै पँुजीवाद यतीबेला सर्वहारा वर्गको क्याम्पमा बमबाड गर्दैछ भने कथित सर्वहारा नेताहरु पनि पँुजीवादकै पिछलग्गु बन्दै आफ्नो वर्ग माथि बमबाड गरिरहेका छन् । तर विचलित नभई वर्गीय स्वार्थमा केन्द्रित रहेर आम जगतलाई बिउँझाउन सके र माक्र्सवादको अकाट्य वैज्ञानिक बैचारीक हतियारलाई भौगोलिक बिशिष्टता अनुकुल प्रयोग गर्न सके पँजीवादको पतन र विश्व सर्वहारा वर्गको विजय सुनिश्चित छ । सबै सर्वहारा श्रमजीवि वर्गले एक चोटी सोचौं ।
लेखक– जनसमाजवादी पार्टी, नेपालका केन्द्रिय सचिव हुनुहुन्छ ।