स्थापित राष्ट्रको गौरवपूर्ण मान्यताहरुलाई किन कमजोर बनाईंदै छ ? – अनिल योगी

0 40

Anil-Yogi_074

आफ्नै देश र आफ्नै नेपाली दाजुभाई प्रति गद्धारी गर्नेहरु र देश प्रति गद्धारी गर्नु हुँदैन भन्ने देशभक्तहरुवीचको लडाईमा देशभक्तहरुले हारेको होइन । सुझबुझका साथ भद्र तरिकाले कठिन अवस्थामा पनि प्रतिरोध नगरिकनै राज्यलाई थामी राखेकै हो । माओवादी नेतृत्वलाई तात्कालिन शाही नेपाली सेनालाई अघी सारेर समुल रुपमा मास्न पाउँ भन्दै गिरिजा प्रसाद कोईरालाले तात्कालिन राजा बिरेन्द्रसँग बिन्ती बिसाएकै हुन् ।

यो कुनै आरोप मात्र होइन, ईतिहास साक्षी छ । तत्कालिन राजाले माओवादी नेतृत्व मास्न नदिएको झोकमा गिरिजा प्रसादले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । माओवादीका नाममा जनता मारीइ रहने र युद्ध नियन्त्रणका नाममा राज्यका सुरक्षाकर्मीलाई मराई राख्ने रक्त पिपाशुहरुका हातबाट राजा ज्ञानेन्द्र शाहाले सत्ता खोसेपछि दुवै थरी युद्ध सरदारहरुको चौका प¥यो ।

दिल्लीमा गरिएको १२ बुँदे सम्झौता पछि प्रचण्ड समक्ष गिरिजाप्रसादले गरेको बिशेष अनुरोधमा भक्तपुरको गाम्चामा रहेको प्रहरी चौकी र थानकोट प्रहरी चौकिमा हमला गरेर राज्यका सुरक्षाकर्मीलाई मारियो । १० बर्षको युद्धमा ८ बर्ष दिल्लीमा बसेको माओवादी नेतृत्व र राज्यसत्तामा बसेर प्रतिक्रान्तिको नेतृत्व गरेकाहरु गला जोडेर आउँदाको अवस्था र दृष्य निकै भयानक थिए ।

नेपालको राजा राष्ट्रिय राजनीतिबाट बाहिर राखिएको एक दशक नाघी सक्यो राष्ट्रमा शान्ति किन हुँदैन रु राष्ट्रको बिकास किन हुँदैन रु राष्ट्र झन्–झन् कमजोर किन हुँदैछ रु जनताले निष्पक्ष रुपमा न्याय किन पाउदैनन् रु भ्रष्टाचार किन रोकिंदैन रु बिदेशीको हस्तक्षेप र थिचोमिचो अन्त्य किन हुँदैन रु नेताहरुलाई राष्ट्रको माया नहुन सक्छ तर आम नेपालीलाई आफ्नो राष्ट्रको माया छ ।

जनताले न्याय खोजेका छन, स्थायी शान्ति र राष्ट्रको बिकास होस् भन्ने चाहेका छन तर दलका नेताहरु जनताका चाहना पुरा गर्न सक्ने राजनीतिक र नैतिक दुवै तागत राख्न सक्छन कि सक्दैनन् रु सवालहरु उठीरहेका छन् ।
हालै सर्वोच्च अदलतबाट आफ्नै झण्डा र छाप प्रचलनमा ल्याउने निर्णय गरियो ।

अदालतलाई राष्ट्र र नेपाली जनता प्रति न्याय गर्न राष्ट्रिय झन्डा बाधक हुने, एक मधेश एक प्रदेश भन्दै मधेशमा राष्ट्रिय झन्डामा आगो लगाउने , स्थापित राष्ट्रको राष्ट्रिय पोशाक दौरा शुरुवाल सामन्तीले लगाउने पोशाक हो भन्ने र टाई सुटलाई सरकारी कामकाजमा जाँदा लगाउनु पर्ने नियम बनाउने किसिमको अभ्यास किन भइरहेको छ रु राष्ट्रले मनाउदै आएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन हुँदैन भनेर खारेज गर्ने, विश्वको एक मात्र हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष बनाउने, संघीयता र जातीय राज्यको कुरा गरेर राष्ट्रलाई टुक्रा–टुक्रा बनाउन किन मरिमेटेर लागि परिएको छ रु अहिलेको विद्यमान अवस्था मुलुकको यथार्थ अवस्था यही नै हो ।

जव सम्म यो देशका जनताले राष्ट्र र नेपाली जनताका बिरुद्ध दलका नेताहरुले गरेका अपराधका बिरुद्ध जाइलाग्न सक्ने राजनीतिक चेतनाको बिकास गर्न सक्ने छैनन् तबसम्म अरु हजारौं नेपाली जनताले नेपालका नेताहरुलाई राज्यको सम्पत्ति र आफ्नो आलो रगत उनिहरुलाई चढाउनै पर्ने नियती हुनेछ ।

– लेखक योगी, पत्रकार तथा राजनीतिक विष्लेषक हुनुहुन्छ