राष्ट्रिय मुद्दामा संलग्न हुन ‘२५ प्लस’ को आह्वान

0 40

news_eRoyal-1-696x392

काठमाडौं । देशमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न भ्रटाचारको अन्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै व्याप्त भ्रष्टाचारको विरोधमा ‘२५ प्लस’ समूहले सशक्त रुपमा विभिन्न अभियानहरु संचालन गरिरहेको छ । देशमा फैलिरहेको व्यापक भ्रष्टाचारको मुल कारण राजनीतिक दलगत स्वार्थ र भागवण्डा नै भएकोले भ्रष्टाचार मुक्त, शान्ति, सुरक्षा र सुशासन सहितको समृद्ध मुलुक निर्माणको अभियानमा सहभागी हुन सम्बद्ध सवैलाई आह्वान समेत गरिएको छ । यसका अलावा जनताका प्रत्यक्ष सरोकार र दैनिक जीवीकाका आवश्यक वस्तुहरु पानी, विजुली, ग्याँस तथा उपभोग्य सामाग्रीहरुको आपूर्तिमा जनताले भोग्नु परेको कठिनाई र समस्याहरुको समाधान गर्न जनस्तरबाटै व्यापक आवाज उठाउनु आवश्यक रहेकोले पनि अभियानमा सहभागी हुनुपर्ने धारणा ‘२५ प्लस’ समुहका संस्थापक सदस्य एवं पत्रकार एवं राजनीतिक विश्लेषक अनिल योगीले राख्नुभयो । उहाँले जनजीविका र समग्र मुलुकको समस्या र व्याप्त अराजकता विरुद्ध आवाज उठाउँदै समस्या समाधानका विविध उपायको खोजी गर्न मुलुकका विभिन्न क्षेत्रमा गएर विविध पक्षका बुद्धिजिवी र सम्बन्धीत समुदायसँग व्यापक छलफल र जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन भइरहेको जानकारी समेत दिनुभयो । मुलुकका विविध समस्याको निकास खोजीरहेको ‘२५ प्लस’ समुह देशका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका व्यक्तित्वहरुले अवधारण शुरु गरेका थिए । कुनै राजनीतिक विचारबाट मुक्त रहेको उक्त समुहको तर्फबाट ११ बुँदे कार्य योजना र घोषणा सहित एक प्रेस बक्तव्य पनि सार्वजनिक गरेको छ । प्रेस वक्तव्यमा उल्लेख गरिएका मुद्दाहरु सशक्तरुपमा उठाएर नेपालको राष्ट्रियताको सम्बर्धन गर्ने ध्येयले समाजका विविध क्षेत्रको प्रतिनिधित्व हुने गरी ‘२५ को समूह’ गठन भएकोले यी राष्ट्रिय मुद्दाहरुमा संगल्न हुन चाहने सबै देशभक्त नेपालीहरुलाई यस समूहमा सहभागी हुन आह्वान गरिएको छ ।

२५ प्लस समुहद्वारा जारी गरिएको प्रेस विज्ञप्ति

१. जिम्मेवार राजनीतिक शक्तिहरुले देशको अस्मिता, सार्वभौमिकता, स्वतन्त्रताको नराम्ररी उपहास गरेकाले यसको संरक्षण गर्नु आज हाम्रो अगाडि सबभन्दा ठूलो चुनौति देखापरेको छ । जति र जस्तो मूल्य तिरेर भए पनि यसको जगेर्ना गर्नु हामी सबै नेपालीको कत्र्तव्य हो । यसमा हामी कटिबद्ध छौं । २. देशमा भईरहेको विदेशी हस्तक्षेप र यसबाट उत्पन्न हुने अस्थिरताले देशलाई अशान्ति तर्फ धकेल्ने प्रयासको पनि हामी घोर निन्दा गर्दछौं । ३. प्रजातान्त्रिक पद्धति र प्रकृयामा हाम्रो पूर्ण विश्वास छ । राज्य संचालनमा यसको कुनै अर्को विकल्प छैन । तर यो सहीरुपमा संचालन हुनु पर्दछ । जिम्मेवार राजनीतिक शक्तिहरुकै गलत रवैयाका कारण प्रजातन्त्रको मूल्य मान्यतामा असर पर्ने काम भएका छन् र राज्यशक्तिको ब्यापक दुरुपयोग भइरहेको छ, यसको घोर भत्र्सना गर्दछौं । ४. संविधान बत्र अत्यधिक ढिलाई गरेर, संक्रमण काल लम्ब्याएर, बर्षौं सम्म स्थानीय चुनाव पनि नगराएर र सत्ताकोलागि मात्र झगडा गरेर राजनैतिक दलहरुले जनतालाई निरास र आक्रोसित बनाएका छन् । यस प्रति उनीहरु समयमै जागरुक भएनन् भने जनताबाट हुने कुनै पनि प्रतिक्रिया र त्यसबाट उत्पन्न हुने परस्थितिको जिम्मेवार राजनीतिक शक्तिहरुनै हुने छन् । ५. नयाँ संविधान बत्रे क्रममा सामाजिक सद्भावना खलल हुने सम्भावना बढ्दै गएकोमा चिन्तित हुँदै सबैमा सतर्क रहन आग्रह गर्दछौं । ६. शताब्दियौं देखि समाजमा कायम सदभावको जगेर्ना र सम्बर्धन गर्नु सबै नेपालीको कत्र्तव्य हो भत्रे ठान्दछौं । ७. नेपाली समाजमा जातीय, क्षेत्रीय, धार्मिक, भाषिक विखण्डन तर्फ बढदो गतिलाई रोक्न र सम्पूर्ण जनशक्तिलाई राष्ट्रिय एकताको सम्बर्धन तर्फ परिचालित हुन सबैलाई अपिल गर्दछौ । ८. देशमा शान्ति, सुरक्षा र सुशासन कायम गर्नु सरकारको प्रथम जिम्मेदारी हो । तर यस जिम्मेवारी पूरा गर्ने तर्फ सरकारको उदासिनता प्रति घोर भत्र्सना गर्दछौं । ९. देशमा फैलिरहेको व्यापक भ्रष्टाचारको मुल कारण राजनीतिक दलगत स्वार्थ र भागवण्डा नै हो । यसको विरोधमा सशक्तरुपमा अभियान चलाइने छ र त्यसमा सबैलाई संलग्न हुन आह्वान गर्दछौं । १०. पानी, बिजुलि, ग्यास जस्ता आम नागरिकको दैनिक जीवनका आवश्यक वस्तुहरुको आपूर्तिमा जनताले भोग्नु परेको कठिनार्ई र अनियन्त्रित महंगी कुशासन र कमिसनको खेलहो भन्ने ठान्दछौं । यी समस्या समाधान प्रति सरकार समय मै सजग होस् । ११. यहाँ उल्लेखित मुद्दाहरु प्रति देशका जिम्मेदार सरकार र राजनैतिक नेतृत्व अविलम्ब जागरुक होउन् र समाधान तर्फ तुरुन्त उन्मुख हुन् । अन्यथा जनताको निरासाबाट उत्पन्न हुन सक्ने जटिल अवस्था र त्यसले ल्याउने समस्या र कठिनाईका बारेमा सरकार र राजनैतिक नेतृत्व बर्गले सम्पूर्ण जिम्मेवारी लिनु पर्नेछ ।

२५ प्लस समूहका संस्थापक सदस्यहरुः

आदित्यमान श्रेष्ठ बरिष्ठ पत्रकार लेखक,

संयोजक सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

श्रीप्रसाद पण्डित, पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत

चिरन शमसेर थापा पूर्व प्रमुख सचिव, राजदरवार

डा. द्वारिका ढुंगेल, नेपाल सरकारका पूर्व सचिव

कल्याणदेव भट्टराई, राजनीति तथा आर्थिक विश्लेषक

शीतल बाबु रेग्मी, राष्ट्रपतिका पूर्व सचिव

भुवनेश कुमार प्रधान, पूर्व सचिव, जलश्रोत

बुद्धि नारायण श्रेष्ठ, पूर्व महानिर्देशक, नापी विभाग तथा सीमाविद्

ईश्वरीचन्द्र शर्मा, वरिष्ठ अधिवक्ता

सोमनाथ पौडेल, प्रशिद्ध जलस्रोत इञ्जिनियर

कमल सिंह, बैंकिंग विशेषज्ञ

डा. उपेन्द्र देवकोटा, वरिष्ठ न्यूरो सर्जन

देवीराम शर्मा, पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग

अनिल योगी, पत्रकार एवम राजनीतिक चिन्तक

सुश्री ईन्दु आचार्य महिला अधिकारकर्मी

प्रा.डा. मोहन प्रसाद लोहनी, प्रोफेसर तथा पूर्व राजदूत

डा. उपेन्द्र गौतम, जलश्रोतविद्

शिशिर योगी, राष्ट्रवादी गायक

जे. पापी, राष्ट्रवादी चिन्तक

डा. किशोरबाबु अर्याल पूर्व जलस्रोत सचिव

रबिन अधिकारी, युवा समाजसेवी

ध्रुवराज भट्टराई, इञ्जिनियर

ऋषिराम लामिछाने, पूर्व राष्ट्रसेवक

गोविन्द बहादुर थापा, अर्थशास्त्री र पूर्व एडिबी

अधिकारी रणध्वज लिम्बु, पूर्व सेना अधिकारी

डा. जयराज आचार्य, पुर्व राजदुत

डा. केवी रोकाया, पुर्व मानवअधिकार आयोग सदस्य

बालकृष्ण श्रेष्ठ, स्थापित उध्यमी

डा.ठाकुर मोहन श्रेष्ठ, पुर्व ए आई जी

बिवेक शाह, पुर्व सैनिक सचिव राज दरवार