नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ

0 18

drugest
काठमाडौं, १० साउन। प्रहरीले नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१० नं। को यात्रुबाहक बसमा लागुऔषध ल्याएर आउँदै गरेका सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षे आनन्द यादव पक्राउ गरेका हुन् ।

यादवले झोलामा लुकाएर ३०० ट्याब्लेट नाइट्राजेयाम लिएर काठमाडौं आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

यादवको सहयोगबाट अन्य २ जनालाई गर्जुधाराबाट पक्राउ गरिएको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका(४ का १९ वर्षे राजन तामाङ र वीरमान तामाङ रहेका छन् ।