जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा ल्यायो ७२ सिटे नयाँ विमान

0 16

yati-atr-72-500

काठमाडौं,७ साउन । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो ।

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।
यतिले एटीआर ७२(५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले अनलाइनखबरलाई बताए । यसले ९ एन(एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।

अबको एक महिनापछि कम्पनीको अर्को एटीआर पनि काठमाडौं आइपुग्ने राईले बताए ।

yati-atr-72-500-3
सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२(५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।

कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्ट्रिम(४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने म्यानेजर राईले बताए । अहिले बुद्धसँग ४ वटा एटीआर छन् ।
यतिले ल्याएको यो विमान नेपालको ‘योंगेस्ट एटीआर’ भएको छ ।