फेसबुकबाट साथी बनाएर लाखौं रकम ठगी

0 26

facebook

काठमाडौं । फेसबुकबाट साथी बनाएर लाखौं रकम ठगी भएको आश्चर्य लाग्ने एउटा घटना सार्वजनिक भएको छ। विदेशबाट डलर पठाएको र त्यो डलर बुझ्नका लागि कर तिर्नुपर्ने भन्दै रकम लिएर ठगी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।

ललितपुर उपमहानगरपालिका–४ धोबिघाटका ३४ वर्षीय दिनेश बस्नेत, मकवानपुर हेटौडा नगरपालिका–६ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने ३७ वर्षीय रबि थोकर र ललितपुर लगनखेल बस्ने २१ वर्षीय पुरन घर्तिमगर भन्ने सुमन लामालाई बिहीबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले दाङ लमही नगरपालिका–५ बस्ने सुजाता के।सी। पौडेललाई १ वर्ष अगाडिदेखि फेसबुकमा प्रलोभन देखाएर ठगी गरेका हुन्। भ्ग्ब्ल्क् क्ःक्ष्त्ज् नाम गरेका बेलायती नागरिकको पहिचानबाट ती महिलासँग फेसबुक हुँदै ह्वाट्सएपबाट सम्पर्क झाँगिएको हो। सुरुमा फेसबुकमा साथी बनाई ह्वाटस एपबाट कुराकानी हुँदै आएको केही दिन पछि ती बेलायती नागरिकले महिलालाई पैसा पठाउने बताए। भारतीय नम्बरको मोबाइलबाट फोन गरी तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १।७ मिलियन डलर पठाएको उनले सुनाए।

मोटो रकम बैंकमा आएकोमा सुजाता दंग परिन्। भारतीय नियम अनुसार कर तिर्नु पर्ने ती बेलायती नागरिकले बताएपछि सुजाता कन्भिन्स भइन्। ती बेलायतीले जगदिश आचार्य तथा पुरन घर्तिमगरको खाताबाट र रामकुमार शेर्पा, संजिव महर्जन समेतको नामबाट आईएमई गरी रकम पठाएमा आफूले पाउने बताएपछि सुजाताले सहजै विश्वास गरिन्। उनले बैंक खाता तथा आईएमईबाट पटक पटक गरी ५५ लाख ८५ हजार रुपैयाँ पठाइन्।

तर, उनी त्यतिबेला छाँगाबाट खसेझैं भइन् जतिबेला यो सबै ठगी गर्नका लागि गरिएको नक्कली हर्कत थियो। त्यसपछि सुजाता प्रहरीसमक्ष ठगिएको उजुरी लिएर आएकी प्रहरी प्रधान कार्यालयले आफ्नो दैनिक बुलेटिनमा जनाएको छ।

पक्राउ परेका उनीहरुलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ।