हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने ः शिव मन्दिरमा ब्रतालुको भीड

0 6

download
काठमाडौं, २ साउन। आज पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।
साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ ।

साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ ।

आज पहिलो साउने सोमबारका लिन राजधानी लगायत देखका विभिन्न स्थानका शिवमन्दिरहरुमा दर्शनार्थी महिलाहरुको घुइँचो लागेको छ ।

भक्तपुरको दत्तात्रय मन्दिरमा साउने सोमबारको विहान भक्तजनहरुको घुइँचो लागेको छ । मन्दिरमा पुगेर अनलाइनखबरका लागि भरतबन्धु थापाले खिचेका केही तस्वीरहरुः

You might also like More from author