एएफसी यू–२३ च्याम्पियनसिप छनोटःपहिलो खेलमै नेपालको लज्जास्पद हार

0 9

a141c3eb1951a5c49850103f333556ee1500168351

काठमाडौं,साउन १ – नेपाली यू–२३ ले टोलीले एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा फराकिलो हार बेहोरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ – ० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

युएईको तेह्नान विन मोहमद रंगशालामा विमल घर्ति मगरको कप्तानीमा रहेको नेपाल युएईबिरुद्ध सुरुवाती मिनेटबाटै कमजोर देखिएको थियो । कमजोर डिफेन्स प्रदर्शन गरेपछि नेपाल पहिलो हाफमै युएईसँग ४ – ० ले पछि परेको थियो । खेलको आठौं र २० औं मिनेटमा अहमद हुसेन अल हस्मीले दुई गोल गर्दै युएईलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको २३ औं मिनेटमा मोहमद अलक्बेरी र ३३ औं मिनेटमा खालिद अब्दुल रहिमले पेनाल्टीमा गोल गरेपछि नेपाल ४ – ० ले पछि परेको थियो ।

नेपालले दोस्रो हाफमा थप एक खान पुग्यो । खेलको ६० औं मिनेटमा मोहमद राशिदले गोल गर्दै युएईको अग्रता ५ – ० को बनायो । यो जितसँगै छनोटको समूह डी मा रहेको युएईले तीन अंक जोडेको छ । नेपालले अब दोश्रो खेलमा साउन २ गते उज्बेकिस्तानको सामना गर्नेछ । उक्त खेल पनि राती ८ः१० मै हुने छ । त्यसपछि नेपालले समूहको अन्तिम खेलमा श्रावण ४ गते लेबनानसँग खेल्नेछ । लेबनानसँगको खेल राती ११ बजे सुरु हुनेछ ।