परशुराम नगरपालिकाको प्रथम नगरसभाले ४० करोड २९ लाख ९ हजार रुपैयाँको बजेट पारित गरे

0 22

images

डडेल्धुरा, १ साउन। जिल्लाको परशुराम नगरपालिकाको प्रथम नगरसभाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ४० करोड २९ लाख ९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

चालू खर्चतर्फ २६ करोड ४३ लाख १९ हजार र पूँजीगत खर्चतर्फ १३ करोड १९ लाख ८० हजार बजेट पारित भएको हो । नगरप्रमुख भीमबहादुर साउदले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।
आन्तरिक आय तीन करोड, सशर्त अनुदान १३ करोड १९ लाख, सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान र राजिष्ट्रेसन दस्तुर सामाजिक सुरक्षा कार्यक्रम लागत सहभागितालगायतको बजेट नगरसभाले पारित गरेको छ ।