ग्यालेक्सी जी २ उपहार न्युट्रीराइटका प्याकेट किन्दा

July 15 2017 05:49

gvdhbfghrfgyfbfry45uy f

काठमाडौं । हालै मात्रै नेपाली बजारमा भित्राइएको न्युट्रीराइटको प्याकेट किन्दा लक्कि ड्र मार्फत प्रत्येक महिना तीन जना उपभोक्ताले मोवाइल उपहार पाउने भएको छ ।

काठमाडौं लगायत मुख्य मुख्य सहरका डिपार्टमेन्ट स्टोरबाट बिक्री गर्दै आएको शक्तिवद्र्धक खाद्यान्न न्युट्रीराइटका प्याकेट किन्दा पर्ने लक्की नम्वर मध्येबाट भारती ओभरसिज प्रालीले प्रत्येक महिना तीन मोवाइल उपलव्ध गराउने घोषणा गरिको हो ।

शुक्रबार सम्पन्न पहिलो चरणको लक्की ड्रबाट १५१६, ११९२ र १६१० नम्वर परेका उपभोक्ताले मोवाइल उपहार जितेका छन् । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको आतिथ्यतामा गरिएको कार्यक्रममा १ देखि २ हजार सम्मका नम्वर मध्येबाट तीनवटा नम्वर थुतिएको थियो ।

यी नम्वर पाएका उपभोक्ताले स्यामुङ ग्यालेक्सी जी टु मोवाइल पाउने छन् । सिंगापुरको उत्पादन कम्पनीले उत्पादन गर्ने न्युट्रीराइट नेपालमा भारती ओभरसीज प्रालीले भित्राउन सुरु गरेको छ ।

पहिलो चरणमा तीन कन्टेनर सामान भित्राएकोमा भावी दिनमा नेपालभर बजार विस्तार गर्ने र आयात बढाउने लक्ष कम्पनिको छ ।व्यस्त कार्यतालीका भएका व्यक्तिलाई मध्यनजर गरेर यो उत्पादन नेपालमा भित्राइएको हो ।

हाल बजारमा न्युट्रीराइटको हनी, अरजिनल, चक्लेट र लो फ्याट स्वादका प्याकेट नेपाली बजारमा उपलव्ध छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top