‘प्रेमगीत २’को कभर प्रतिस्पर्धामा छनोट भए २५० भिडियो

0 132

Pradeep-Ashlesha-pic

प्रेमगीत २’ले आयोजना गरेको ‘कभर गीत भिडियो’ प्रतिस्पर्धामा ८ सय ५० भिडियो प्राप्त भएका छन् । जसमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि २ सय ५० गीत छनोट गरिएको छ । यी सबै भिडियो युटुबबाट रिलिज गरिएको छ ।

निर्माण कम्पनी आशुसेन फिल्मस्ले दिएको जानकारी अनुसार भदौको दोश्रो साता यी भिडियोबाट उत्कृष्ट १५ भिडियो छानिनेछ । अन्तिम १५ जनाबाट उत्कृष्ट छनोट गरिनेछ । विजेता महिला र पुरुषले १(१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
भदौ पहिलो साता युटुबमा भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ ।

चलचित्रको शिर्ष गीत ‘कहानी यो प्रेमगीतको’ कभर भिडियोका लागि निर्माणपक्षले आह्वान गरेको हो । साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् । रामशरण पाठक निर्देशित चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

You might also like More from author