गायिका निशा लिम्बुको, नयाँ गीत भिडियो सहीत सार्वजनिक

June 28 2017 12:32

19553447_1444896068950886_520263873_n गायिका निशा लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रका गीत गाउँदै आएकी निशाको ‘रूपको नशाले।।।’ बोलको गीत सार्वजनिक भएको हो ।

विकास चौधरीले संगीत भरेको उक्त गीतमा मोडल अनु शाह र सुरज कार्की फिचरिङमा छन् । गीतमा प्रेमको भाव प्रस्तुत गरिएको छ ।

बिबी थापाको शब्द रहेको गीतको भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् भने भुवन तामाङले निर्देशन गरेका हुन् । निशाले हालसम्म एक दर्जन जती कलेक्सन एल्वमहरुमा गितमा स्वर दिइसकेकी छिन भने चलचित्र चिनारीको ३ वटा गितमा समेत स्वर भरीसकेकी छन् ।
पुर्वको पाँचथर लुम्फाबुङ –९ मा जन्मेकी गायिका हाल काठमाडौको माकलबारीमा बस्दैआईकी छन् निशाको यो दोस्रो एल्वम आभाषको भित्रको यो गित म्युजिक भिडीयो सर्वजनीक गरेकी हुन ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top