बिजेताको चयन कसरी हुन्छ?

0 9

किरण अधिकारी गीतसंगीत अनि पत्रकारिता क्षेत्रमा परिचित नाम हो,जो यतिबेला दुवै क्षेत्रमा सक्रिय छन। मोफसलको जिल्ला नुवाकोटमा बसेर संघर्ष गरिरहेका अधिकारी अहिले सुन्दारादेबी संदेश म्युजिक अवार्डको तयारीमा व्यस्त छन ।उनी यस अवार्डको आयोजक समितिको अध्यक्ष पनि हुन् |अधिकारीसंग अवार्डको सेरोफेरोमा रहेर गरिएको कुराकानी ।

१.सुन्दरादेवी सन्देश बाग्मती म्युजिक अवार्डको तयारी कस्तो हुँदै छ?
अवार्डको तयारी तीब्र गतिमा भईरहेको छ। हामी आउदो श्रावन १४ गते अवार्डको फाईनल गर्ने तयारीमा छौं । हाम्रो उत्कृष्ठ पाँच मनोनयन चांडो भन्दा चाडो सार्बजानिक गर्दैछौं ।बिभिन्न सस्थाले आयोजना गरेको अवार्डको मिति अगाडी तय गरेर मनोनयन सार्बजनिक गरेकोले हामीले केही समय कुरेका हौँ । त्यसमाथि पनि स्थानीय निर्बाचनको कारणले हाम्रो मिति सरेको हो ।

२.यो कस्तो अवार्ड हो र केको लागि आयोजना गरिएको हो?
नेपाली लोकगित संगीत हाम्रो पहिचान, संचार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ सुरु भएको यो अवार्डको तेस्रो संस्करणमा हामी आईपुगेका छौ ।यसको मूल उद्देश्य भनेको नै कलाकार अनि प्रतिभाको सम्मान गर्ने तथा नया नया प्रतिभा खोज्ने हो ।त्यस्तै कलासंगीत र त्यसको श्रस्टालाई सबैमा चिनाउने हो । हामी समाचार मात्र हैन समाजको हरेक विधामा प्रतिभाको खोजि गर्ने हाम्रो अभियान अन्तर्गत नै यो कार्यक्रम शुरु भएको हो।

३.मोफसलमा यस्तो कार्यक्रम आयोजना गर्ने योजना कसरी बन्यो?
हामीले सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशन शुरु गर्दा नै भनेका थियौ |हामी गितसंगीत अनि कलाकार अनि प्रतिभाको खोजी गर्छौ । त्यसै अनुसार हामि डिसीने अवार्ड ,तिज गित म्युजिक अवार्ड अनि म्युजिक खबर म्युजिक अवार्डको मिडिया सप्रोटरको रुपमा काम गर्ने अवसर पायौ । अनि मोफसलमा पनि यस्ता कार्यक्रम आयोजना गर्दा जिल्लाको कला संगीतलाइ पनि चिनाउने मौका पनि पाईन्छ । यो अवार्ड बागमती अञ्चलको ईतिहासमा नै पहिलो एउटा साप्ताहिक पत्रिका जो आफै बामे सरेको अवस्थामा रहेको छ त्यस्तो पत्रिकाले आयोजना गरेको कार्यक्रम मोफसलमा नै हुनुपर्छ भन्ने योजना अनुसार भएको हो ।यस कार्यमा हामीलाइ चलचित्र पत्रकार संघको निबर्तमान अध्यक्ष तथा डिसीने अवार्डको अध्यक्ष शान्तिप्रिय ,एभरेस्ट नेपाल कलाचारल ग्रुपको अध्यक्ष आरसी कोइराला ,तिज गित म्युजिक अवार्डको अध्यक्ष राजु बजाज ,चलचित्र निर्देशक सुमन दाहाल ,मोहन निरौला,प्रदिप उदय अनि दिनेश डिसीको सहयोग अनि हौसला रहेको छ ।

४.केकेका आधारमा कलाकारको छनोट गर्नुहुन्छ ?बिजेताको चयन कसरी हुन्छ?
हामीले पहिलादेखि नै नीति नियम बनाएका छौ । निर्णायक समिति रहेको छ ,आयोजक समिति अनि सल्लाहकार समिति पनि छ ,मनोनयन सार्बजानिक भएपछि भोटिंग पनि हुन्छ ,हाम्रो नीति नियम अनि दर्शक श्रोताको नजारमा अनि गीतको क्वालिटीमा पनि हेरेर निर्णय हुन्छ ,हाम्रो कार्य सधै पारदर्शी नै हुन्छ ।यो काममा पनि गम्भीर छौं।

५.अहिलेसम्मको अवार्डहरु कतिको प्रभावकारी भएका छन?
हामीले योजना गरेको कार्यक्रम भनौ या अवार्ड अहिलेसम्म राम्रो छ । यो हामीले भन्दा पनि बाहिरबाट आउने कुरो हो ,अहिले सम्मको हाम्रो सर्वेक्षणमा राम्रो र प्रभाबकारी छ भन्ने प्रतिक्रिया नै पाएका छौं ।

६.अहिलेसम्म केकस्ता प्रतिक्रियाहरु पाइरहनुभएको छ?
काम गर्दा क्रिया र प्रतिक्रिया दुवै आउछ । राम्रा पनि आउछन र नराम्रा पनि आउछन ।तर त्यो भन्दैमा पछाडी हट्ने काम हुदैन ।राम्रो मात्र आयो भने पनि केहि न केहि गडबड छ भनेर भनिन्छ । त्यसैले सकारात्मक र नकारात्मक दुवै कुरा पाएका छौ।
७,अन्त्यमा के भन्न चाहानुहुन्छ?
मोफसलमा भईरहेको यो अवार्ड हाम्रो मात्र हैन सम्पूर्ण गीतसंगीत अनि कलाप्रेमी र कलाकारहरुको हो ।सबैले सहयोग सदभाब अनि माया दिनुस हामि सधै राम्रो गर्ने प्रयासमा छौं |हामी प्रतिभाको उचित सम्मान गर्नेछौं |आउनुहोस सबै मिलेर यसलाई सफल बनाएर अगाडी बढौं भन्न चाहान्छु ।16195754_1193584457403506_9107030062855163442_n

You might also like More from author