सद्दे गाडी थन्क्याएर नयाँ खरिद, संसद् सचिवालयमा बेथिति,

June 14 2017 04:28

BICC-Nepal

काठमाडौं, ३१ जेठ। व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको नागरिक दैनिकले लेखेको छ ।

सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्क्याएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो ।
लामो समयसम्म प्रयोग नगरी थन्किाएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो । खरिद गरिएका गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी ३ वटा कार पनि मंगलबार ल्याइयो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top