आइसिसी च्याम्पियन्स बंगलादेशसँग पराजित हुँदै न्युजिल्याण्ड पहिलो चरणबाटै बाहिरियो

June 10 2017 11:25

1e847cd7d722564b7f25038ef71f2daf1496281597

एजेन्सी,जेठ २७ (न्युजिल्याण्ड आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै न्युजिल्याण्ड पहिलो चरणबाटै बाहिरिएको हो । न्युजिल्याण्डले दिएको २ सय ६६ रनको लक्ष्य बंगलादेशले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

३३ रन बनाउन ४ विकेट गुमाएको बंगलादेशलाई सकिब अल हसन र मेहमुदुल्लाहको शतकीय पारी खेल्दै जिताए । सकिबले १ सय १४ रन बनाए भने मेहमदुल्लाह १ सय २ रनमा नटआउट रहे । उनीहरुले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५७ र रोस टेलरको ६३ रनको सहयोगले ८ विकेटको क्षतिा २ सय ६५ रन बनाएको थियो। प्रत्युत्तरमा बंगलादेशले ४७ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै विजयी लक्ष्य प्राप्त गर्यो।

तपछि बंगलादेशले सेमिफाइनल यात्रालाई जिवित राखेको छ। समूह ए मा इङ्ल्यान्ड अघिल्लो २ खेल जितेर यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। यस अवस्थामा बंगलादेशलाई भोली इङ्ल्यान्ड र अस्ट्रेलियाबीच हुने समूह चरणको अन्तिम खेलको नतिजा महत्वपूर्ण रहनेछ। यो खेलमा इङ्ल्यान्ड विजयी वा खेल बराबरीमा रोकिएको खण्डमा बंगलादेश सेमिफाइनल प्रवेश गर्नेछ। तर,अस्ट्रेलिया विजयी भएको खण्डमा बंगलादेश प्रतियोगिताबाट बाहिरिने छ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top