बिशेष अदालतको अनुमति दियो चूडामणि शर्मालाई थप ६ दिन हिरासतमा राख्न

0 8

chudamani-sharma

काठमाडौं २६ जेठ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो । न्यायाधीश द्वयको इजलासले गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे ।

अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न ६ दिनको म्यान थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो ।

म्याद थप पछि सुरक्षा घेरा भित्रैबाट विभागका निलम्बित महानिर्देशक शर्माले विघटन भइसकेको कर फस्र्यौट आयोगको काम कार्वाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नरहेको दावी गरे । उनले आयोगले सरकार, संसद र प्रचलित विधि, प्रक्रिया विपरित बलजफ्ती र बदनियतपूर्ण ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै न्यायको पक्षमा बोलिदिन सबैमा आग्रह पनि गरे । कर फस्र्यौट आयोगको म्याद २०७२ साल असोजबाटै सकिएको थियो ।

कर फछ्र्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

You might also like More from author