कतार खाडी मुलुकलेसँगको कुटनीतिक सम्बन्ध तोडेपछि अमेरिका भयो खुशी

0 9

Trump-Smile

कतार, २५ जेठ । साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी ब्यक्त गरेका छन् ।

आफ्नो सफलताका रुपमा ब्याख्या गर्दै ट्रम्पले हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको ट्वीट गरेका छन् ।

‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ, अरब मुलुकका नेताले कतारलाई यसमा साबधान गराएका छन् ।’ ट्रम्पले भने ।

कतारलाई एक्ल्याउन अमेरिकासमेत खुलेरै लागेपछि अमेरिका र कतारको सम्बन्ध पनि चिसिदै गएको छ ।

यसैवीच कतारमा फिलिपिन्सले पनि आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्स श्रम मन्त्रालयले जनाएको छ । कतारमा करिव डेढ लाख फिलिपिनो कामदार कार्यरत छन् ।

ीष्पभ तजष्कस्