समाजवाद होः रामचन्द्र पौडेल ,निमुखालाई न्याय र विपन्नलाई आय

June 06 2017 13:15

ramchandra_paudel-58329d20ec11f2.14923819

काठमाडौं,२३ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको भन्दै राष्ट्रिय एकतामा जोड दिएका छन् । हिमाल, पहाड र तराईलाई एकताबद्ध गरेमात्रै राष्ट्रिय एकता बलियो हुने धारणा राखे ।

मंगलबार व्यवस्थापिका संसदमा बोल्दै पौडेलले भने, ‘नेपालमा अहिले बिषम परिस्थिति छ । यो परिस्थितिमा नेपालमा राष्ट्रिय एकता आवश्यक छ । त्यो राष्ट्रिय एकता भनेको हिमाल पहाड तराईको एकता हो ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाउने क्रममा पौडेलले राष्ट्रिय एकतापछि राजनीतिक निकास निस्कने र देशमा विकास हुने बताए ।

‘अहिले देशलाई निकास चाहिएको छ । जनतालाई विकास चाहिएको छ । त्यो राष्ट्रिय एकतापछि मात्र संभव छ,’ पौडेलले भने ।

नेपालको प्राथमिकता भनेकै राजनीतिक पद्दती कायम गर्दै मुलुकलाई समृद्धिमा बढाउने हो भन्दै उनले कांग्रेस स्पष्ट मिसन र भिजनसहित अघि बढेको बताए । तर, वीपी कोइराला र गणेशमान सिंहले देखाएको बाटोबाट बिचलित हुन नहुने पौडेलको धारणा छ ।

निमुखालाई न्याय र बिपन्नलाई आय भन्ने नै समाजवाद हो भन्ने कुरा भूल्न नहुनेमा उनले जोड दिए । अनिमात्र राजनीतिक जीवन सार्थक हुने पौडेलको भनाइ थियो ।

‘सबैभन्दा पहिलो निमुखाले न्याय पाउनुपर्छ र विपन्नले आय पाउनुपर्छ,’ उनले भने, ‘जनतालाई क्वालिटीको जीवन दिनुपर्छ । यसका लागि कृषि क्रान्ति गर्नुपर्छ । किसानको जीवन, श्रमीकको जीवनलाई सहज बनाउन सक्नुपर्छ । यही हो समाजवाद ।’

उनले अहिले पनि अड्डा अदालतमा कुन पार्टीको हो भनेर काम गरिदिने प्रचलन रहेको भन्दै सबैभन्दा पहिले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

ग्रामीण स्वावलम्बनको कार्यक्रम कांग्रेसले सुरु गरेको स्मरण गर्दै पौडेलले गाउँ(गाउँमा बाटो, बिजुली, स्वास्थ्य र सञ्चार सुविधा पुर्‍याएपछि जनतालाई रोजगारीको अवसर दिन सक्नुपर्ने धारणा पनि राखे ।

‘अब राम्रो शिक्षा गाउँमा दिने, राम्रो स्वास्थ्य सेवा गाउँमा लैजाने, अनि रोजगारी गाउँमा दिने हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘यसमा हामी स्पष्ट धारणाका साथ विकासमा अगाडि बढ्न चाहान्छौं ।’

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top