नचुनिँदै प्रधानमन्त्री भागबण्डाको उल्झनमा देउवा, सरकारमा

0 1

images

काठमाडौं,२३ जेठ । चौथो पटक प्रधानमन्त्री बन्ने सुनिश्चित भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा भागबण्डाको उल्झनमा परिसकेका छन् ।
सभापति देउवा मंगलबार संसदबाट प्रधानमन्त्री चुनिँदै छन् । देउवाको सत्तारोहण निश्चित भएसँगै सरकार र सरकारी नियुक्तिका लागि बूढानिलकण्ठ दौड सुरु भैसकेको छ भने केहीदिनपछि यस्तो दौडधुप बालुवाटार सर्नेछ ।

भगबण्डामा को को स्
सत्ता भागबण्डामा हिस्सा लिन निकै सफल मानिने कांग्रेसका पूर्व महामन्त्री सिटौलाले यसपटक पनि गगन थापालाई नै अगाडि सार्ने संभावना रहेको बताइन्छ । गगन आम मानिसमा समेत लोककल्याणकारी काम गर्ने मन्त्रीको छाप छोड्न सफल भएका छन् । संभवत उनको नाममा सहमति बन्न सक्छ । सिटौलाले भीमसेनदास प्रधानलाई पनि आश्वासन दिएको बुझिएको छ ।
महाधिवेशनमा सभापति बन्न सहयोग गरेको गुन फिर्ता लिन सिटौला आफैं पनि उपप्रधान सहितको मन्त्री बन्ने दाउमा रहेको बताइन्छ ।
त्यसैगरी अर्का नेता खुमहादुर खड्काले पनि विगतमा झैं आफ्नो हिस्सा छोड्ने संभावना छैन । उनले आफ्ना विश्वासपात्र शंकर भण्डारीलाई नै निरन्तरता दिने संभावना छ । तर एकथरीले नेता खड्काले यसपटक पत्नी शिला खड्कालाई अघि सार्ने संभावना रहेको पनि बताएका छन् ।

डा।महतको चर्चा
केन्द्रीय सदस्य डा।रामशरण महत पनि सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहने कांग्रेसका एक केन्द्रीय सदस्यले सरल पत्रिकालाई बताए । निरन्तर देश दौडाहा गरेर आन्तरिक परिस्थितिको अध्ययन गरेका र अन्तर्राष्ट्रिय समुदायसँग समेत राम्रो सम्बन्ध भएका महत सरकारमा रहँदा सभापति देउवालाई सरकार संचालनमा निकै ठूलो भरोसा हुने विश्लेषण गरेर महतलाई राम्रो जिम्मेवारी दिन सल्लाहकारहरुले देउवालाई सुझाएका ती केन्द्रीय सदस्यले बताए ।

मन्त्रालय भागबण्डा
सरकारका महत्वपूर्ण मन्त्रालयमध्ये अर्थ र परराष्ट्र कांग्रेसले र गृह र ऊर्जा माओवादीले लिन यसअघि नै शीर्ष तहमा सहमति भएको छ । माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गृह कांग्रेसले र अर्थ माओवादीले पाएका थिए ।
भगबण्डाको जिम्मा निधि र लेखकमा
मन्त्रालय बाँडफाँडको जिम्मेवारी कांग्रेसले विमलेन्द्र निधि र रमेश लेखक,माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मालाई सुम्पिएका छन् ।

निर्वाचनसम्म ११ सदस्यीय मन्त्रीमण्डल
दोस्रो चरणको निर्वाचन अघि मन्त्री परिषद सानै आकारको बनाउन कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतावीच सहमति भएको भागबण्डाको जिम्मेवारी पाएका एक नेताले बताए । त्यस अनुसार तत्काल ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरिने छ ।
कांग्रेसले आफ्ना तर्फबाट पहिलो चरणमा पाँच नेतालाइ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । मन्त्री बन्ने आकांक्षीको चर्को दवाव परेपनि सभापति देउवा यसपटक अघिल्लो सरकारमा अवसर पाएकालाई नदोहोर्याउने मनस्थितिमा छन् ।

You might also like More from author