कुन दलको ? उपस्थिति कस्तो ३४ जिल्लामा ?

0 28

Three-Party

काठमाडौं, ८ जेठ। पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।

प्रदेश ३ः एमाले ५४, कांग्रेस ३३, माओवादी १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।

प्रदेश ४ः कांग्रेस ४४, एमाले ३३, माओवादी पाँच

प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।

प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा। बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।

माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्य

प्रदेश नंं. ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।

प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You might also like More from author