प्रतिपरिवार १० लाख वितरण, सप्तरी घटनाका मृतकहरुलाई शहीद घोषणा

May 17 2017 10:40

Saptary-Maleth-Bimalendra-Nidhi
राजविराज, ३ जेठ। सप्तरीको मलेठमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मलेठ घटनामा मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गरिएको जानकारी दिएका हुन् ।
गत फागुन २३ गते नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा आयोजित कार्यक्रम स्थल नजिकै झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सप्तरी मलेठका सञ्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादव थिए ।

गृहमन्त्री निधिले शहीदका परिवारलाई प्रतिपरिवार रु। १० लाखका दरले राहत रकम वितरण गरेका छन् । सो क्रममा मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top