राष्ट्र बैंकले गाडी तथा घर कर्जालाई अनु्त्पादक भन्दै अंकुश लगाउने प्रयास गरेपछि

May 17 2017 03:01

sdgfgjj

काठमाडौं, जेठ ३ । राष्ट्र बैंकले गाडी तथा घर कर्जालाई अनु्त्पादक भन्दै अंकुश लगाउने प्रयास गरेपछि चालु आवको चैतमा यी क्षेत्रमा कर्जा बिस्तारमा सुस्ति आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा र गाडीमा गत आवको चैतमा ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा चालु आवको चैतसम्ममा यी दुई क्षेत्रमा ४ खर्ब ४३ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बार्षिक बिन्दुगत आधारमा यो लगानी ३६ प्रतिशतले बढेको देखिएपनि एक महिना ९२०७३ फागुनको तुलनामा २०७३ चैतमा० को अवधिमा भने यी क्षेत्रमा लगानी खासै बढ्न सकेको छैन् । चालु आवको फागुनसम्ममा भने घरजग्गा र गाडीमा कुल ४ खर्ब ४० अर्ब लगानी गरेका छन् । चैत एक महिनामा यी क्षेत्रमा मात्रै २ अर्ब ६० करोड रुपैयाँले मात्र कर्जा लगानी बढेको हो ।

राष्ट्र बैंकले अटो लोनमा कडाई गर्न पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात ९लोन टु भ्यालु रेसियो० तोकेको थियो । फागुनमा प्रस्तुत गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अनुत्पादक भनेका यी सहित ओभरड्राफ्ट र सेयर धितोमा कर्जा बार्षिक बिन्दुगत आधारमा भने बढेको छ । गत आवको चैतसम्ममा यी दुई क्षेत्रमा क्रमश स् २ खर्ब ७८ अर्ब र ३५ अर्ब लगानी गरेका संस्थाहरुले चालु आवको चैतसम्ममा भने ओभरड्राफ्ट कर्जा ३ खर्ब ४६ अर्ब र सेयर मार्जिन कर्जा ३९ अर्ब लगानी गरेका छन् । यी क्षेत्रमा क्रमशः २४ प्रतिशत र १२ प्रतिशतले वृद्धि भएको हो ।

बार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ कर्जा १५।६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४।४ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १९।१ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरुको क्रमशः ०।१ प्रतिशत र २।८ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा २५।१ प्रतिशतले बढेको छ । कृषि क्षेत्रतर्फको कर्जा ९।३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११।६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १७।५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३।५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १६।३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४।१ प्रतिशतले बढेको छ ।

चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०।८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ प्रतिशत कर्जा चालू सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top