न्युजिल्याण्डमा एउटा समूहले सरकार विरुद्ध आची आन्दोलन सुरु गरे

0 33

aachi

आन्दोलनका अनेक तरिका हुन्छन् । न्युजिल्याण्डमा एउटा समूहले सरकार विरुद्ध आची आन्दोलन सुरु गरेको छ । आची आन्दोलन भन्ने बित्तिकै आचीले प्रहार गर्ने वा जहाँतहीँ आची गर्ने पो होकी भन्नुहोला । तर होइन । यो आची आन्दोलन निकै सफा छ । अझ रोचक त के भने त्यो गुहु आन्दोलन नदी सफा राख्नकै लागि लक्षित छ ।

सरकारमाथि वातावरण संरक्षणका लागि दबाब दिन भन्दै एक्सन स्टेसन नामक समूहका सदस्यहरुले सोसल मिडियामा पू इमोजी अर्थात् आची आकारका इमोजीको बहस सुरु गरे । आन्दोलनको उत्कर्षका रुपमा उक्त समूहले ओहाकुरी तालमा गुहु आकारका ५० वटा ठूला प्लास्टिकका प्रतिरुप छाडिदिएका छन् ।
सत्तारुढ दलको सम्मेलन भैरहेको स्थान नजिक रहेको उक्त तालमा प्रदर्शनकारीहरुले प्लास्टिकका गुहु छाडेका हुन् । सरकारले गत फेब्रुअरीमा सार्वजनिक गरेको नयाँ मापदण्डमा देशका सबै नदीलाई २०४० सम्ममा पौडि खेल्न योग्य बनाउने कुरा उल्लेख गरेको थियो ।

तर विज्ञहरुले चाहीँ सरकारको नयाँ मापदण्डले जलप्रदुषणलाई केवल इ कोली नामक व्याक्टेरियाको उपस्थितिसँग मात्र दाँजेर हेर्ने गरेको भन्दै सरकारी मापदण्डले पानीका श्रोतहरुमा इ कोली ब्याक्टेरिया घटेपछि दिसा र दिसामा हुने अन्य विभिन्न खाले हानिकारक ब्याक्टेरियामा कमी नआउने टिप्पणी गरेका छन् ।

न्युजिल्याण्डमा सरकारको नयाँ जलस्वच्छता नीति लामो समयदेखि आलोचनाको केन्द्रमा रहँदै आएको छ । गत मार्चमा एक अभियानकर्मीले वातावरणमन्त्रीलाई एउटा फोहोर पानीको दह नजिकै बक्सिङ खेलका लागि खुल्ला आमन्त्रण गरेका थिए । बक्सिङमा हार्नेले ५ मिनेट उक्त दहमा पौडी खेल्नुपर्ने सर्त थियो । सरकारी मापदण्ड अनुसार उक्त दह पौडि खेल्नका लागि योग्य ठहरिएको थियो । तर अभियानकर्मीहरुले भने सरकारले पौडी खेल्न योग्य भनेको दहमा ५ मिनेट मात्रै पौडी खेल्न सरकारी मन्त्रीलाई चुनौीत दिएका थिए ।
बीबीसी