अझै मतगणना सुरु भएन ,काठमाडौं महानगरपालिकामा 

May 15 2017 03:35

Mat-petika

काठमाडौं, १ जेठ। काठमाडौं महानगरपालिकामा अझै मतगणना सूरु हुन सकेको छैन । दलहरुले सोमबार विहानबाट मात्र मतगणना गर्ने सहमति गरेका थिए ।

अहिले भर्खरमात्र निर्वाचन आयोग, उम्मेदवार र उम्मेदवारको प्रतिनिधीबीच छलफल सुरु भएको छ ।
सर्वदलीय बैठकले कस्तो मतलाई बदर मान्ने, कस्तो मतलाई बदर नमान्ने टुंगो लगाउने छ । त्यसपछि मात्र मतगणना सुरु हुनेछ ।

मत गणना सुरु नभएकाले अहिले काठमाडौ महानगरपालिकाको मतगणना हुने स्थान बाहिर कुनै चहल पहल सुरु भएको छैन ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top