मन्त्री रोमी गौचन थकालीले चुनावमा पैसा बाँड्यो भनेर विपक्षीले आफ्नो चरित्र हत्या गर्न खोजेको गुनासो

0 9

मुस्ताङ ,२९ बैशाख । वाणिज्य मन्त्री रोमी गौचन थकालीले चुनावमा पैसा बाँड्यो भनेर विपक्षीले आफ्नो चरित्र हत्या गर्न खोजेको गुनासो गरेका छन् ।
मुस्ताङमा मन्त्री गौचन समातिएको सुनेपछि हामीले जिज्ञासा राख्दा उनले भने, ‘भूमिगत गिरोहसँग मिलेर केही व्यक्तिहरुले मेरोविरुद्ध पैसा बाँड्दै हिँडेको प्रचार गराए । म घुस खानेहरुको विरोध गर्ने नेता हुँ, मैले कहाँबाट ल्याएर पैसा बाँड्ने रु के मैले घुस खाएर जनतामा पैसा बाँड्दै हिँड्ने रु बाँड्ने पैसा मसँग कहाँबाट आउँछ रु’

उनले आफूलाई कसैले नसमातेको बताए ।

आफू मुक्तिनाथबाट फर्केर कोरला नाका जाने क्रममा कागबेनीमा पुग्दा रात परेको र त्यहीँ केही भूमिगत गिरोहका व्यक्तिहरुले पैसा बाँड्न हिँड्यो भन्ने आरोप लगाएर होहल्ला गरेको उनले बताए ।

मन्त्रीले विकासको काम गर्दा आचारसंहिता उल्लंघन गरेको ठहरिन्छ भने म यहीँबाट र्फकन्छु भनेर कोरला नगई कागबेनीबाटै जोमसोम फर्केको मन्त्री गौचनले अनलाइनखबरलाई बताए ।

आफूले पोखराबाट जोमसोम आउँदै गर्दा एमाले सांसद श्रीमाया थकालीसँग भेट भएको र २९ गते केही सरकारी कर्मचारीसँग कोरला जाऔं भनेर प्रस्ताव राखेको गौचनले बताए । उनले भने( ‘पैसा बाँड्नु थियो भने मैले एमाले नेतालाई जाऔं भन्थें

Romi-Gauchan-Thakali

मुस्ताङमा केही पैसावाल ठेकेदारहरुको चुरीफरी बढेको गौचनले बताए । उनले भने( ‘तर म लोकतान्त्रिक दलको नेता हुँ, निर्वाचनलाई असर पर्ने कुनै कार्य नगरौं भनेर मैले आफ्ना कार्यकर्तालाई संयम अपनाउन भनेको छु, जसले गर्दा अप्रिय घटना हुन पाएको छैन ।’
निर्वाचन आयोगको अनुमित लिएर आफूले चढेको हेलिकोप्टरमा खानतलासी लिनु प्रशासनको अधिकार भए पनि त्यसमा एमाले नेतालाई रोहबरमा राखेर तलासी लिइएको भन्दै मन्त्री गौचनले आपत्ति जनाए ।

कुल पाँचवटा गाउँपाािलका मात्रै रहेको हिमाली जिल्ला मुस्ताङमा मन्त्री गौचनले आचारसंहिता उल्लंघन गरेको र गाउँमा पैसा बाँडेको भन्दै एमाले, माओवादी र स्वतन्त्र उम्मेदवारका समर्थकहरुले शनिबार यातायातमा अवरोध गर्दै आन्दोलन गरेका छन् ।

मौन समयमा राजनीतिक गतिविधि गर्न नपाइने भए पनि कांग्रेसको विरोधमा मौन समयमै जोमसोममा प्रदर्शन भएको छ ।

कांग्रेस नेता रोमी गौचन भ्रष्टाचार र घुसखोरीको विरोध गर्ने इमान्दार नेता मानिन्छन् । अघिल्लो महिना गौचनले एउटा निजी टेलिभिजनलाई दिएको अन्तरवार्ताका कारण उनी निकै चर्चामा आएका थिए ।

You might also like More from author