प्रवासी नेपालीले गरे उपचाररत मगरलाईको सहयोग

0 25

rana-magar

दुबई वैशाख २२ । नेपाली समुदाय युएईले खेलकुद प्रतियोगिताबाट प्राप्त लाभांश नेपालमा उपचाररत एक बिरामीलाई सहयोग प्रदान गरेको छ । केही महिनाअघि काम गर्ने क्रममा घाइते भएका सिस्नेरी–२, मकवानपुरका हरिराम रानामगरलाई समाजले पचास हजार रुपैयाँ सहयोग गरेको समुदायका अध्यक्ष मुन गुरुङले बताए ।

युएईमा क्रियाशील प्रवासी नेपालीहरुको सेवामा समर्पित सामाजिक संस्था, नेपाली समुदाय युएई, जाबेल अली पार्कों एकाई समितिको आयोजनामा नयाँ वर्षको अवसरमा अन्तर सामुदायिक भलिबल प्रतियोगिता आयोजना भएको थियो । उक्त कार्यक्रमको लाभांश परोपकारी काममा खर्च गरिएको हो ।

बिपन्न आर्थिक हैसियतका मगरका २ सन्तान र एक पत्नीसहितको ४ जनाको परिवार उनैमाथि आश्रित छ ।
पीडित रानामगरको कामको सिलसिलामा केमिकलयुक्त ड्रम बिस्पोट भई दुवै खुट्टाका हड्डी क्षत–बिक्षत भएको थियो । उनको काठमाडौंको सीतापाइलाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

You might also like More from author